आज :

गणतन्त्र ल्याउन नेतृत्व गरेका प्रचण्डविरुद्ध मुद्दा दर्ता गर्नु गम्भीर षड्यन्त्रः बास्तोला

  • अनलाइन डबली

काठमाडौँ । नेकपा (बहुमत)का संयोजक धर्मेन्द्र बास्तोलाले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डविरुद्ध जनयुद्धको विषयलाई लिएर मुद्धा दायर गर्नु गम्भीर राजनीतिक षड्यन्त्र भएको बताएका छन् । उनले गणतन्त्र ल्याउन नेतृत्व गरेका मुख्य नेताविरुद्ध नै मुद्धा दायर हुनु भनेको व्यवस्था परिवर्तन नभएको पुष्टि गरेको समेत बताए ।

“जसको नेतृत्वमा नेपालमा गणतन्त्र स्थापना भयो, उसैका विरुद्ध अदालतमा मुद्धा दायर हुनु भनेको गम्भीर कुरा हो र  यसले व्यवस्था परिवर्तन नभएको पुष्टि गर्छ” बास्तोलाले अनलाइन डबलीसँग कुरा गर्दै भने ।

शान्ति प्रक्रियासँग जोडिएको विषयलाई अदालतमा लैजानु भनेको राजनीति प्रतिसोध भएको समेत बास्तोलाले बताए । उनले जनयुद्धलाई अपराधिकरण गर्नेहरुकाे षड्यन्त्र भएको बताउँदै सबै माओवादीहरुले एकजुट भएर प्रतिवाद गर्नुपर्ने बताए ।

“यो प्रचण्डजीको कुरा मात्रै होइन, यो सबै माओवादीहरुको कुरा हो, यसको एकजुट भएर प्रतिवाद गर्नुपर्छ, हाम्रो पार्टी यसको प्रतिवाद गर्छ” बास्तोलाले भने । उनले क्रान्ति सम्पन्न भएको भन्ने प्रचण्डको दाबी यो मुद्धाले गलत भएको पुष्टि गरेको समेत बताए ।

 

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal