आज :

रेडक्रसबात सामुदायिक बिद्यालयलाइ स्टेशनरी तथा खेलकुद सामाग्री हस्तान्तरण

  • बुद्धशरण शाही

काठमाडौँ ।  नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखा अन्र्तगत स्टेशनरी तथा खेलकुद सामाग्री हस्तान्तरण गरेको छ।  काठमाडौं जिल्ला शाखा अन्र्तगतको IFRC तथा Italian Red Cross को सहयोगमा सोमबार बात सञ्चालन भईरहेको नयाँ पुस्ताका लागि सडक सुरक्षा सम्बन्धी विश्वव्यापी शैक्षिक कार्यक्रम (Road Safety Education for the Next Generation Program) बाट VIA Module कार्यान्वयन भएको बिद्यालयमा ज्ञानसम्बन्धी मोड्युल, सिर्जनात्मकता सम्बन्धी मोड्युल र कार्यान्वयन सम्बन्धी मोड्युल सञ्चालनको लागी नयाँ पुस्ताका लागी सडक सुरक्षा कार्यक्रम कार्यान्वयनको क्रममा खरिद गरिएको स्टेशनरी तथा खेलकुदका सामाग्रीहरु बिद्यालयमा हस्तान्तरण गरेको हो ।

बिहिबार समापन भएको यस कार्यक्रमको स्पष्ट लक्ष्य भनेको किशोर–किशोरीहरूलाई सडकमा जोखिमपूर्ण व्यवहारका बारेमा सिकाउनु, दुर्घटनाहरूबाट कसरी जोगिने भन्ने कुरा सिकाउनु, सडकका गल्ली अथवा सडकहरूमा सुरक्षित व्यवहार तथा आफ्नो जीवनको सुरक्षाका बीचमा विद्यमान सम्बन्धहरूका बारेमा सचेतना फैलाउनु, सक्रिय हुनु, सडक सुरक्षासम्बन्धी सिर्जनशील सन्देशहरू बनाउनु र विद्यालय जाने बाटो, वातावरण र सो भन्दा परको क्षेत्रका लागि सडक सुरक्षासम्बन्धी कदमहरूको कार्यान्वयन गर्नका लागि कार्ययोजना तयार पार्नु रहेको नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला गणबहाल उपशाखाका अध्क्ष्य अमृत नारायण मानन्धरले बताउनु भयो।

उक्त सामाग्रीहरु काठमाडों महानगर भित्रका २० वटा सरकारी बिद्यालय दरबार हाईस्कुल रानीपोखरी, अन्नपुर्ण मा.बि कान्तीपथ, ज्याठा, ट्यौड मा.बि तलाछी, शान्ती शिक्षा मा.बि थहिटी, नेपाल आदर्श मा.बि. गणबहाल, शान्ती निकुञ्ज मा.बि. भगवतीबारी, बसन्तपुर, नेपाल राष्ट्रिय आधारभुत बिद्यालय ढल्को कन्या मन्दीर मा.बि क्षत्रपाटी, नेपाल युवक स्कुल पकनाजोल, सिद्धिगणेश मा.बि सोह«खुट्टे, गितामाता मा.बि बिजेश्वरी, जनप्रभात मा.बि. कालीमाटी, पद्मकन्या मा.बि प्रदर्शनीमार्ग, पद्मोदय बिद्याआश्रम डिल्लीबजार, कमल आधारभुत बिद्यालय कमलपोखरी, बुद्धनगर आधारभुत बिद्यालय बानेश्वर, बाल व्यबसायी केन्द्र सिफल, मंगलादेवी मा.बि. गौशाला , कोटेश्वर सरस्वती मा.बि कोटेश्वर र किर्तीपुर नगरपालिका अन्र्तगतको १ वटा किर्तीपुर मा.बि किर्तीपुर गरी जम्मा २१ वटा सरकारी बिद्यालयहरुमा हस्तानतरण गरिएको छ । हस्तानतरण गरिएका सामाग्रीहरुमा मार्कर २२ दर्जन, पेपर कैंची ४४ थान, फ्ल्पि चार्ट २२ रोल, स्पाईरल नोट बुक २१० थान, मेटा कार्ड १०५ प्याकेट, कार्ड बोर्ड पेपर ६३० थान, कटन डोरी (५० मि) को रोल २१ रोल, ब्याडमिन्टन ¥याकेट ४२ थान, ब्याडमिन्टन कक २१ बट्टा, फोटोकपी पेपर ४२ रिम, सिसाकलम १६८ प्याकेट, इरेजर १६८ प्याकेट, कटर (सार्पनर) ४२ प्याकेट, रंगिन सिसाकलम १६८ प्याकेट, ग्लु स्टिक २१ प्याकेट, रिङ्ग फाईल/अफिस फाईल ४२ थान र बास्केटबल २१ थान रहेका छन ।

उक्त सामाग्रीहरु नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाका सभापति श्यामकाजी डोटेल, मन्त्री बृद्धीमान शाक्य, कोषाध्यक्ष लक्ष्मी रत्न तुलाधर, जिल्ला शाखा सदस्य श्यामलाल तण्डुकार, जिल्ला शाखा सदस्य लक्ष्मी प्रसाद कुईकेल र जिल्ला शाखाका सल्लाहकार उत्तम नारायण महर्जनले बिद्यालयका प्र.अ. तथा जुनियर÷युवा रेडक्रस सर्कलका संरक्षक तथा शिक्षक नायकहरुलाई हस्तानतरण गर्नुभएको छ । हस्तानतरण कार्यक्रममा बिभिन्न उपशाखाका पदाधिकारी तथा स्थानिय निकायबाट जनप्रतिनिधिहरु समेतको उपस्थिति रहेको थियो । काठमाडौं जिल्ला शाखा अन्र्तगत सञ्चालित भाया (VIA) – नयाँ पुस्ताका लागि सडक सुरक्षासम्बन्धी विश्वव्यापी शैक्षिक कार्यक्रम (The Global Road Safety Education programme for a New Generation – VIA) को तर्जुमा सडक सुरक्षासम्बन्धी विश्वव्यापी साझेदारी (Global Road Safety Partnership – GRSP) को सहयोगमा मिसेलिन तथा टोटलको कर्पोरेट प्रतिष्ठान (Corporae Foundations of Michelin and Total) द्वारा तर्जुमा गरिएको हो ।

यो भनेको रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घ (International Federation of Red Cross and Red Crescent Societies – IFRC) द्वारा प्रायोजित सडक सुरक्षासम्बन्धी सङ्गठन हो । नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखा अन्र्तगत विभिन्न उपशाखाले बर्ष भरि विपद सम्बन्धि , स्वास्थ्य / शिक्षा सम्बन्धि विभिन्न कार्येक्रम गर्दै आएको छ ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal