आज :

विद्युतको तार सर्ट हुँदा दाङमा एक घर नष्ट

काठमाडौं । दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १७ मा अचानक विद्युतको तार सर्ट हुँदा दामोदर रेग्मीको घर नस्ट भएको छ।जिल्ला प्रहरी कार्यालय दाङका अनुसार ४ः३५ बजेको समयमा उक्त घरमा आगलागी भएको हो।

आगलागीबाट रेग्मीको अन्दाजी १० लाख बराबरको धनमाल क्षती भएको र अन्नबाली, लत्ताकपडा पनि जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

रेग्मीको घरमा पढ्ने विद्यार्थीहरु बस्ने गरेको पाइएको छ। उक्त आगलागीमा मानवीय तथा पशुचौपायाको कुनै क्षति नभएको दाङ प्रहरीले जनाएको छ।

आगलागी स्थानीयवासी, प्रहरी र दमकलको सहयोगमा आधा घन्टा पछि पुर्ण नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय दाङका एसपी वीर बहादुर ओलि ले बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal