आज :

पेट्रोल–डिजेलको मूल्य घट्दा ग्यासमा ३३९ रूपैयाँ बढ्याे, के गर्छ आयल निगम ?

  • अनलाइन डबली

काठमाडौँ । खाने पकाउने ग्यासबाहेक पेट्रोल र डिजेलको मूल्य घटेर आएको छ । इण्डियन आयल कर्पोरेशन (आईओसी) ले पठाएको नयाँ मूल्यसूची अनुसार खाना पकाउने एलपीजी ग्यासको मूल्य ३३९ रुपैयाँ प्रतिलिसिन्डर बढेर आएको छ ।

निगमले उपभोक्तालाई राहत पुगोस् भनेर ग्यासको प्रतिसिलिण्डर केही घाटा खाएर १८ सय बिक्री गर्दै आइरहेको थियो ।

आईओसीले पठाएको नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १.२१ रुपैयाँ घटेको छ । त्यस्तै, डिजेलको मूल्य प्रतिलिटर ५.०५ रुपैयाँ घटेको छ भने हवाई इन्धनको मूल्य ७ रुपैयाँ प्रतिलिटर र मट्टितेलको मूल्य प्रतिलिटर ३.४० रुपैयाँ घटेर आएको छ ।

एलपीजी ग्यासबोहक सबै पेट्रोलियम पदार्थको मूल्य घटेर आउँदा निगमलाई १५ दिनमा ४० करोड रुपैयाँ आसपास नाफा हुने देखिएको छ ।
तर, एलपी ग्यासमा भने १५ दिनमा ९३ करोड रुपैयाँ हुने निगमले जनाएको छ ।

नयाँ मूल्य सूची आएसँगै अब नेपाल आयल निगमले मूल्य डिजेल, पेट्रोल र हवाई इन्धनमा घटाउछ वा ग्यासको घाटा पूर्ती गर्छ त्यसबारे भोलिसम्म निर्णय गर्न सक्ने बताइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal