आज :

श्रमजीवी-पत्रकार संघ, नेपाललाई अन्तर्राष्ट्रिय सेवा पुरस्कारबात सम्मान गरिने

  • अनलाइन डबली

अमेरिकास्थित एनआरएनए नन रेसिडेन्ट नेपाली एशोसियन (क्यालिफोर्निया) ले श्रमजीवी–पत्रकार संघ, नेपाल र त्यसका अध्यक्ष जन्मदेव जैसीलाई सम्मान गर्ने भएको छ । श्रमजीवीका पक्षमा काम गरेर क्रियाशील भएको ठहरसहित सो संस्थाले “अन्तर्राष्ट्रिय सेवा पुरस्कार–2023”द्धारा सम्मान गर्ने निर्णय गरेको अध्यक्ष माधव मरासिनीले जनाइएका छन् ।
संस्थाका महासचिव दिपेश लामाका अनुसार श्रमजीवी पत्रकार संघ नेपाललाई नेपालमा श्रमजीवीका पक्षमा दृढतापूर्वक श्रमको उचित सम्मानका लागि न्या दिलाउन ऐतिहासिक भूमिका खेलेकाले उत्कृष्ट संस्था र नेतृत्वको रुपमा सम्मान गर्न लागिएको हो । संस्थाले २० हजार रकम र ताम्रापत्रसहितको सम्मानका लागि संस्थाले अध्यक्ष जैसीलाई पत्राचार गरेको छ । श्रमजीवी–पत्रकार संघ स्थापनाको २ वर्षमै करिव २६ वटा सञ्चारगृहका पीडित श्रमजीवी पत्रकारहरुको न्यायका लागि पहल गरेको र श्रमजीवीमैत्री कानुन निर्माणका लागि राज्यपक्षसँग निरन्तर दबाब दिंदै आएको छ । साथै श्रमजीवीहरुलाई आत्मनिर्भर बनाउन मिडिया नै आत्मनिर्भर हुनुपर्नेलगायतका मुद्धा उठाउँदै आएको छ ।
श्रमजीवी पत्रकार संघसहित अन्य सञ्चार सम्वद्ध १० वटा संस्थाहरुलाई पनि सम्मान गर्ने महासचिव लामाद्धारा जारी विज्ञप्तिमा जनाइएको छ । ती सम्मानित संस्थाहरुमा आदिवासी जनजाती पत्रकार महासंघ, शिक्षा पत्रकार समुह, राष्ट्रिय दलित पत्रकार संघ, क्रियाशील महिला पत्रकार, अपाङ्ग पत्रकार मञ्च, राष्ट्रिय स्वास्थ्य पत्रकार मञ्च, राष्ट्रिय यातायात पत्रकार मञ्चलगायत छन् । सम्मान आगामी बैशाख ७ गते तदनुसार अप्रिल २० २०२३ मा प्रदान गरिने आयोजकले बताएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal