आज :

तराईदेखि पहाडका लघुवित्त पीडित आन्दोलनमा

  • अनलाइन डबली

काठमाडौं । लघुवित्त वित्तीय संस्था पीडितहरुको आन्दोलन देशव्यापी बन्दैछ । के पूर्व के पश्चिम के तराई के पहाड सबै ठाउँमाम लघुवित्तबाट पीडितहरु जुर्मुराइसकेका छन् । यसैबीच बर्दिया नवलपुर, गुल्मीका लघुवित्त पीडितहरु आन्दोलनमा उत्रेका छन् । सदरमुकाम तुम्घासमा पुगेर लघुवित्तकाे मनपरीविरुद्ध एक जुट भएर अघि बढ्न प्रतिवद्धता जाहेर गरेका छन् ।

कार्यक्रममा बोल्दै लघुवित्त संस्थाविरुद्धको सङ्घर्ष समितिका जिल्ला अध्यक्ष मनिराम ज्ञवालीले राष्ट्र बैंकको निर्देशिकाभन्दा बाहिर गएर गाउँ–गाउँमा एउटै सदस्यलाई दर्जनौँ संस्थाले लगानी लगाएर अनावश्यक ऋणको भारी बोकाएर वित्तीय संस्थाहरूले घरबारविहीन बनाए । देशभर ५८ लाख व्यक्ति लघुवित्तमा आबद्ध रहेको र उनीहरु सबै ठगिएको अध्यक्ष ज्ञवाली बताए । उनले लघुवित्त वित्तीय संस्था संचालकमा मानवियता नै हराएको बताउँदै उनीहरुबाट थप नलुटिन आन्दोलनमा आउन पीडितहरुलाई आग्रह समेत गरे ।

आन्दोलनमा एक्येवद्धता जाहर गर्न धुर्कोटका राजन भण्डारीले आफू अरुको सहारमा लघुवित्तको मनपरीविरुद्धको आन्दोलनमा एक्येवद्धता जनाउन सदरमुकाम पुगेको बताए । उनी अपाङ्गता भएका व्यक्ति हुन् । उनले कुखुरापालनकाे लागि लघुवित्तबाट ऋण लिएका थिए । जति तिर्दा नी नसकिने ऋणको भारीले आफूलाई च्यापेको उनले बताए ।

गुल्मीदरबार गाउँपालिका १ बलीथुमकी सिमाकुमारी रेश्मीमगरले लघुवित्तीय संस्थाबाट ऋण लिएर ९० हजार रुपैयाँमा किनेको भैंसी किस्ता तिर्न ४५ हजारमा बेच्न बाध्य पारिएको बताए । उनले संस्थाका कर्मचारी घरमै पुगेर रातदिन धम्की दिन थालेपछि किस्ता तिर्न भैंसी नै बेच्न बाध्य भएको बताउँदै भैंसी गएपनि ऋणको भारी टाउकोमै रहेको बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal