
काठमाडौँ । नेपाल भाषा कमेडी म्युजिक भिडियो ‘ वा ग्वारा मै वा ’ सार्वजनिक भएको छ । सुरेन्द्र मान्धर ,सुरेश मानन्धर , सरस्वती मानन्धर र सबिना मानन्धरको स्वरमा यो कमेडी गीतको रचना / संगीत सुरेंद्र मानन्धरको नै रहेको छ ।
युट्युब मार्फत सार्बजनिक भएको यो हास्य ( कमेडी ) शैलीमा प्रस्तुत गरिएको यस म्युजिक भिडियोको निर्देशक नेपाल भाषा हास्य टेलि श्रृखाला ( समय् बजी ) मा निकै लामो समयबात चिनिएका कलाकार / निर्देशक सुरेन्द्र मानन्धर ( बाग दाइ ) आफैले गर्नु भएको छ , भने छायांकनमा अमन महर्जन र सम्पादन इन्द्र मान्धरको रहेको छ । कलाकारहरुमा सुरेन्द्र मानन्धर , रेवन्त लाल श्रेष्ठ ,रविता वाके र मंजिला बाज्राचार्य रहेको छ ।
तल भिडियोमा क्लिक गर्नु होला –