आज :

संसदमा खाद्य स्वच्छता विधेयकमाथि छलफल चलिरहँदा ललितपुरमा तालिम

  • अनलाइन डबली

नेपालमा खाद्य स्वच्छता व्यवस्थापन प्रणालीबारे आन्तरिक अडिट सम्बन्धी तालिम साथै आवश्यक परामर्श सेवा प्रदान गर्दै आइरहेको अग्रणी संस्था “क्वालिटी एक्सेल” ले आइ. एस. ओ. २२००० अन्तर्गत आन्तरिक अडिट सम्बन्धी तीनदिने तालिम सम्पन्न गरेको छ। खाद्य स्वच्छता तथा गुणस्तर व्यवस्थापन प्रणालीमा विगत एक दशकभन्दा अघिदेखि परामर्श, अडिट साथै तालिमका अनुभवी युएसएड अन्तर्गत फूड इन्टरप्राइज् सोलुसनन्समा खाद्य स्वच्छता विशेषज्ञका रुपमा कार्यरत् निर्वेक श्रेष्ठले प्रमुख प्रशिक्षकका रुपमा दिनुभएको तालिममा विभिन्न खाद्य प्रशोधन उद्योगमा कार्यरत् दक्ष व्यावसायिक पेशाकर्मीहरु सहभागिता भएका थिए।

तालिममा विभिन्न खाद्य प्रशोधन उद्योगमा खाद्य स्वच्छता सम्बन्धी चुनौति तथा अवसरहरुका बारेमा सहभागी सबैले आ–आफ्ना अनुभव र वास्तविकताबारे छलफल गरेका थिए। प्रतिनिधिसभामा खाद्य स्वच्छता तथा गुणस्तर विधेयक सम्बन्धमा छलफल जारी रहेको अवस्थामा सञ्चालित तालिममा विभिन्न उद्यमि तथा व्यवसायीबीच खाद्य स्वच्छता सम्बन्धी आधारभूत छलफल चलाइएकोलाई सान्दर्भिक र उपयोगी मानिएको छ। क्वालिटी एक्सेल प्रा. लि. का परामर्श अधिकृत सनिल जोशीको संयोजकत्वमा सम्पन्न कार्यक्रममा सहभागीहरुलाई खाद्य स्वच्छता सम्बन्धी विद्यमान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिप्रेक्ष्य, खाद्य स्वच्छता व्यवस्थापन प्रणालीका सिद्धान्त तथा उद्देश्यहरु साथै आधारभूत आवश्यकताहरुका बारेमा जानकारी दिनुका साथै प्रयोगात्मक र अन्तक्र्रियात्मक रुपमा सम्पन्न गरिएको थियो। तलिममा खाद्य स्वच्छता व्यवस्थापन प्रणालीका आधारभूत आवश्यकताहरुमा टेकेर कुनै पनि किसिमका खाद्य प्रशोधनमा आवद्ध संस्थामा आन्तरिक अडिट कसरी गर्ने भन्ने सम्बन्धमा तालिममा सैद्धान्तिक तथा व्यावहारिक ज्ञान साथै शीप प्रदान गरिएको थियो। तालिम यही फागुनको १२, १३ र १४ गते ललितपुरको रिभाइभ लिजर पार्कमा सम्पन्न गरिएको हो।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal