आज :

अखिल क्रान्तिकारी र समाजवादी विद्यार्थी युनियनबिच स्ववियु चुनावमा तालमेल हुने

  • अनलाइन डबली

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा नेकपा (माओवादी केन्द्र) को भातृ संगठन अखिल (क्रान्तिकारी) र नेपाल समाजवादी पार्टीको विद्यार्थी संगठन समाजवादी विद्यार्थी युनियनबीच तालमेल हुने भएको छ ।

सोमबार बाल्मिकी क्याम्पसमा कार्यक्रम गरेर उनीहरुले यस्तो घोषणा गरेका हुन् ।

दुवै संगठनबीच भएको सहमतिपत्रमा अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह र समाजवादी विद्यार्थी युनियनका अध्यक्ष नेत्र चापागाईंले हस्ताक्षर गरेका छन् ।

चैत ५ मा त्रिभुवन विश्वविद्यालय र नेपाल संस्कृत विश्वविद्यालय, चैत ३ मा मध्यपश्चिम र चैत ८ मा सुदूरपश्चिम विश्वविद्यालयले गर्ने स्ववियु चुनावमा तालमेल गर्ने सहमति भएको हो ।

स्ववियु निर्वाचनमा दुवै संगठनले एउटै प्यानल, एउटै घोषणापत्र र एउटै समानुपातिक बन्दसूची सहित चुनावी तालमेल गर्ने सहमतिपत्रमा उल्लेख छ । संगठनहरूबीच एकताका लागि कार्यदल पनि गठन गरिएको छ ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal