आज :

पल शाह आज रिहा हुँदै, ‘प्यारो दाई…’ भन्द‍ै समिक्षाले लेखिन् यस्तो स्टाटस

  • अनलाइन डबली

काठमाडौं । कालाकार पल शाह आज रिहा हुँदैछन् । उच्च अदालत पोखराबाट जबर्जस्ती करणी अभियोगमा सफाइ पाएका अभिनेता पूर्णविक्रम शाह (पल शाह) आज रिहा हुने भएका हुन् ।

आइतबार जिल्ला अदालत नवलपुरको फैसलाविरुद्ध शाहले दिएको रिटमाथि सुनुवाइ गर्दै उच्च अदालत पोखराले शाहलाई पूर्ण सफाइ दिएको हो । शाह जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा छन् ।

आइतबार कार्यालय समय सकिइसकेकाले आवश्यक प्रक्रिया पुर्याउन ढिला भएकोले शाह आज रिहा हुन लागेको उनका वकिलले बताएका छन् ।

शाह सोमबार रिहा भएपछि काठमाडौं आउने बुझिएको छ । एक गायिकाले शाहले सुटिङका क्रममा बलात्कार गरेको भन्दै २०७८ फागुन ११ गते तनहुँमा र फागुन १५ गते नवलपुर प्रहरीमा उजुरी दिएकी थिइन्।

तनहुँ र नवलपुर जिल्ला अदालतले बकपत्र गर्दा पीडित १७ वर्षीया नाबालिगले आफूमाथि बलात्कार नभएको भन्दै बयान फेरेकी थिइन्। बलात्कार आरोपमा परेको मुद्दामा शाहलाई जिल्ला अदालत तनहुँले यसअघि नै सफाइ दिइसकेको थियो ।

यसैबीच समिक्षा अधिकारीले एक स्टाटस लेख्दै विगतका तिता अनुभव भुलेर सहकार्य हुने विश्वास व्यक्त गरेकी छन् । अदालतको फैसलालगत्तै अधिकारीले सामाजिक संजाल फेसबुकमा प्यारो दाई भन्दै स्टाटसले लेखेकी छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal