
काठमाडौं । पश्चिमी वायुको सामान्य प्रभावका कारण आज पनि मौसम बदली हुनेछ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भेगमा बर्षाको सम्भावना रहेको छ । त्यस्तै, उच्च पहाडी तथा हिमाली भेगमा भने हिमपातको सम्भावना छ ।
महाशाखाले प्रि-मनसुन सुरु हुनुभन्दा अगाडिको गतिविधि सक्रिय रहेको बताएको छ । आइतबार काठमाआडौं उपत्यका र त्यस आसपासका जिल्लाहरुमा मेघगर्जनसहित यस वर्षको पहिलो हिउँदे वर्षा भएको थियो ।
बेलुकादेखि रोकिएको वर्षा सोमबार (आज) दिउँसो पुनः सुरु हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । आज काठमाडौं उपत्यकामा दिउँसो पनि हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।