आज :

आदिवासी जनजाति चलचित्र प्रज्ञा प्रतिष्ठान गठनको घोषणा, जनजातिलाई राज्यदेखि संचारमाध्यमले समेत उपेक्षा गरेको गुनासो

  • बुद्धशरण शाही

काठमाडौँ । जनजातिचलचित्र सम्वन्धिअध्ययन, अनुसन्धान लगायतका कार्यहरु गर्न आदिवासी जनजाति चलचित्र प्रज्ञा प्रतिष्ठान गठनको घोषणा गरिएको छ । नेवाःफिल्म सोसाइटीबाट काठमाडौंमा आयोजित कार्यक्रममा आदिवासी जनजाति चलचित्र महासंघका अध्यक्षपुर्खाजित राईले यस्तो घोषणा गरेका हुन् ।

कार्यक्रममाबोल्दै महासंघका अध्यक्ष राईले आदिवासीजनजातिचलचित्रलाई प्राज्ञिक क्षेत्रको रुपमाविकास गर्दै यसको अध्ययन, अनुसन्धान, अभिलेखीकरणलगायतका कामगर्न महासंघले प्रतिष्ठान गठनको योजना अघि बढाएको उद्घोष गरे । ‘नेपालको चलचित्रको विषयवस्तु भनेकै आदिवासीजनजाति बनेको छ । अब आदिवासीजनजातिचलचित्र सम्वन्धिअझगहनअध्ययनगर्दै अनुसन्धानगर्दै जानको लागिमहासंघले प्रतिष्ठान गठनको योजना अघि बढाएका छा्रैं’ राईले भने । प्रज्ञा प्रतिष्ठान गठनका लागिअहिले आफुले प्राज्ञहरुसँग छलफललाई तिब्रतादिएको जानकारी गराए ।
साथमा राज्यतहले मातृभाषीचलचित्र क्षेत्रको उत्थानकालागिपहलगर्नुभन्दाभएका सुविधासमेत कटौतीगर्न खोजिरहेको गुनासो पनिगरे ।यस अघि पनिपटक पटकआदिवासीचलचित्र क्षेत्रलाई दबाउनखोजेको दावीगर्दै फेरी पनि यस्तै भएमाआफुहरु संघर्षमाउत्रिने चेतावनीदिए । चलचित्रविकास बोर्ड अन्तर्गतकैमातृभाषीचलचित्र प्रवद्र्धन समितिलाई अहिलेसम्मबोर्डले एउटा कार्यकक्ष नदिनुबाट राज्यको मातृभाषीचलचित्र क्षेत्रप्रतिको दृष्टिकोण स्पष्ट भएको राईको भनाई हो । लामो संघर्ष पछि चलचित्र ऐनमाआदिवासीजनजातिचलचित्रउल्लेख गराउनआफुहरु सफलभएको पनि राईले स्मरण गराए ।
सोहीकार्यक्रममा नेवाःपत्रकार राष्ट्रिय दबूकाअध्यक्ष नृपेन्द्रलालश्रेष्ठले नेवाःपत्रकार र आदिवासीजनजातिचलचित्रमहासंघले सहकार्य गर्दै अघि बढ्नुपर्नेमाजोड दिए । जनजातिचलचित्रको प्रचार प्रसार र सूचनाप्रवाहमापत्रकार दबूबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता पनिश्रेष्ठले व्यक्त गरे । त्यस्तै नेवाःफिल्म सोसाइटीका अध्यक्ष बिराजकाजी राजोपाध्यायले राज्यदेखि संचार माध्यमसम्मले पनिजनजाति सम्वद्ध गतिविधिहरुलाई बेवास्तागर्ने गरेको गुनासो गरे । ‘मूलधार भनिएको खस भाषाको चलचित्रसँग सम्वन्धितभएमा संचारमाध्यममा ठुलै समाचार पनिबन्ने गर्छ तर, मातृभाषीचलचित्रको ठुलै कार्यक्रम, गतिविधि, आन्दोलनभएसानो समाचारसम्मबन्दैन, किन?’ राजोपाध्यायले प्रश्न तेर्साए । यस्तो परिवेशमामातृभाषीचलचित्रकर्मी र पत्रकार एकजुट भएर अघि बढ्नुपर्नेमा राजोपाध्यायले जोड दिए ।

कार्यक्रममाफिल्म सोसाइटीले महासंघ र पत्रकार दबूको नवनिर्वाचितकार्यसमितिलाई शुभकामनासहित नेवार परम्परा अनुसार ख्येँय् सगं (सगुन) दिइएको थियो । फिल्म सोसाइटीकी कोषाध्यक्ष सुनिताश्रेष्ठ, सदस्यद्वयशोभामहर्जन र रोजिना सुवालले महासंघ र पत्रकार दबूकानवनिर्वाचितपदाधिकारी र सदस्यहरुलाई नेवार परम्परा अनुसार अण्डासहितको सगुन ‘ख्येँय् सगं’दिएकाथिए । कार्यक्रममाफिल्म सोसाइटीका सदस्यद्वय रुपेन्द्र कुमार श्रेष्ठ, राजनशाहीले नेवाःचलचित्र क्षेत्र र सोसाइटीको गतिविधिबारे जानकारी दिएकाथिए । त्यस्तै पत्रकार दबूकावरिष्ठ उपाध्यक्ष सुनिलमहर्जनले जनजातिचलचित्रको कथावस्तु, निर्माण पक्षलाई लिएर पत्रकार र चलचित्रकर्मीबीचबहसको थालनीगर्न सुझावदिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal