आज :

प्रधानमन्त्री प्रचण्डको कतार भ्रमण यसकारण रद्द भयो

  • अनलाइन डबली

काठमाडौं । प्रधानमन्त्री प्रचण्डको कतार भ्रमण रद्द भएको छ । राष्ट्रपति चुनावको कार्यतालिका अनुसार प्रधानमन्त्री प्रचण्ड व्यवस्त रहनु पर्ने भएकोले कतार भ्रमण रद्द गरिएको हो ।

अल्पविकसित राष्ट्रहरुको पाँचौं सम्मेलनमा भाग लिन प्रधानमन्त्री फागुन १९ गते शुक्रबार कतार जाने कार्यक्रम थियो । आइतबार साँझ बसेको गठबन्धनको बैठकले १८ र १९ गते सा्ंसदहरुलाई अभिमुखीकरण चलाउने निर्णय गरेको थियो ।

फागुन १८ गते संघीय सांसद र १९ गते सातवटै प्रदेशका सांसदहरुलाई राष्ट्रपतिको निर्वाचन सम्बन्धी अभिमुखीकरण कार्यक्रम तय भएकोले भ्रमण रद्द भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

गठबन्धनको बैठकमा नेताहरुले राष्ट्रपतिको निर्वाचनमा महत्वपूर्ण भूमिका प्रचण्डकै हुने भन्दै भ्रमण रद्द गर्न आग्रह गरेका थिए ।

अल्पविकसित राष्ट्रहरुको सम्मेलन फागुन २१ गतेदेखि कतारको दोहामा सुरु हुनेछ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal