आज :

‘फोनिज युके पत्रकारिता सम्मान २०२२’ बाट लामा र श्रेष्ठ सम्मानित

  • अनलाइन डबली

काठमाडौँ  ।  नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) यूके शाखाले स्थापना गरेको ‘फोनिज युके पत्रकारिता सम्मान २०२२’ बाट दुई जना पत्रकार सम्मानित भएको छ ।

रेडियो नेपालमा लामो समय समाचार महाशाखामा सम्पादकको जिम्मेवारी सम्हाल्नु भएकी वरिष्ठ पत्रकार रमिता लामा र  नेपाल भाषा पत्रिका ‘लहना’का सम्पादक तथा नेवा: पत्रकार राष्ट्रिय दवुका अधक्ष्य नृपेन्द्रलाल श्रेष्ठ  फोनिज यूके पत्रकारिता पुरस्कार–२०२२ बाट पत्रकार पुरस्कृत हुनुभएको हो ।

काठमाडौंमा शुक्रबार आयोजित पुरस्कार वितरण समारोहमा सङ्‍घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी थारुले पत्रकार द्वय लामा र श्रेष्ठलाई सम्मान र पुरस्कार प्रदान गर्नुभयो । फोनिज यूकेले सञ्चारक्षेत्रबाट आदिवासी जनजाति समुदायको विकासका लागि कलम चलाउँदै आएका पत्रकारलाई हरेक वर्ष सम्मानित र पुरस्कृत गर्दैआएकोमा यस अघि दशजनालाई सम्मान तथा पुरस्कार प्रदान गरि सकेको छ ।

कार्येक्रममा मन्त्री मोदीले प्रत्येक वर्ष सञ्चार मन्त्रालयबाट सञ्चारमाध्यमलाई दिने अनुदान सहयोग फोनिजलाई पनि उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभयो । आदिबासी जनजातिको अधिकार र सवालको पैरवीमा फोनिजले खेल्दैआएको भूमिका महत्वपूर्ण रहेको भन्दै उहाँले सरकारको काममा रचनात्मक सुझाव दिन पत्रकारसँग आग्रह गर्नुभयो ।

कार्यक्रममा फोनिजका अध्यक्ष गजुरधन राईले हरेक क्षेत्रमा समावेशी समानुपातिक प्रतिनिधित्वका लागि फोनिजको तर्फबाट सधैं खबरदारी गरिरहने बताउनुभयो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal