आज :

कैलालीमा ९ किलो चरेशसहित तीन जना पक्राउ

  • अनलाइन डबली

काठमाडौं। कैलालीको धनगढी उपमहानगरपालिका–१४ स्थित एचगाउँबाट सशस्त्र प्रहरीले चरेश सहित ३ जनालाई पक्राउ गरेको छ । एचगाँउ स्याउले घाटस्थित सीमा ईलाकाबाट ९ किलो चरेश बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा रोल्पाको थवाङ्ग गाँउपालिका–५ घर भएका ४४ वर्षिय कुमार पुन, दाङको लालमोटिया घर भएका ३९ वर्षिया पुनम पुन र ४१ वर्षिया दिलमाया पुन छन् ।

बिओपी फुलवारीबाट खटिएको टोलीले भारततर्फ जाँदै गरेका उनीहरुलाई शंका लागेर चेकजाँच गरेको थियो । चेकजाँच गर्दा चरेश भेटिएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्तान शैलेन्द्र थापाले जानकारी दिए । आरोपीहरुलाई बरामद चरेशसहित जिल्ला प्रहरी कार्यालय धनगढीमा बुझाइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal