आज :

स्कटल्यान्डले नेपाललाई दियो २१३ रनको लक्ष्य, सन्दीपले लिए चार विकेट

  • अनलाइन डबली

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्वकप लिग २ अन्तर्गत नेपालमा जारी त्रिकोणात्मक एकदिवसीय सिरिजको अन्तिम खेलमा स्कटल्यान्डबाट नेपालले जितका लागि २१३ रनको लक्ष्य पाएको छ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले ४६ ओभर १ बलमा सम्पूर्ण विकेट गुमाउँदै २१२ रन बनायो ।स्कटल्यान्डका लागि जर्ज मुन्जले अर्धशतकीय पारी खेले । ५० बल खेलेका उनले ९ चौंका र २ छक्काको सहयोगमा ६० रन बनाए ।

त्यस्तै म्याथ्यू क्रसले ४२ रन बनाउँदा बर्नान्डो मुलेनले ३१ रनको योगदान गरे । स्कटल्यान्डका काइल कोट्रेज र क्रिस्टोफर म्यकब्राइडले २२–२२ रन जोडे ।बलिङतर्फ नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक चार विकेट लिए । त्यस्तै करण केसीले तीन विकेट लिँदा सोमपाल कामी र ललित नारायण राजवंशीले एकएक विकेट लिए ।

आजको खेलमा जित निकाल्दै नेपाल अपराजित हुँदै सिरिजको अन्त्य गर्ने योजनामा छ । यता च्याम्पियन स्कटल्यान्ड पनि जित निकाल्दै लिग २ को अन्त्य गर्ने योजनामा छ ।

लिग २ मा च्याम्पियन स्कटल्यान्डले ३५ खेल खेल्दै ५० अंक छ । नेपालले २७ खेलबाट २४ अंक छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal