आज :

सेल्सबेरीको न‌‍वौँ वार्षिकोत्सव,आकर्षक छुटका योजना सार्वजनिक

  • अनलाइन डबली

काठमाडौं । सेल्सबेरीले न‌‍वौँ वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाउँदै छ । वार्षिकोत्सवको अवसरमा कम्पनीले विभिन्न आकर्षक छुटका योजनाहरू समेत सार्वजनिक गरेको छ। उक्त विशेष अफर फाल्गुन ३ गतेदेखि सुरू भएर फाल्गुन २० गतेसम्म कायम रहने सेल्सबेरीले जनाएको छ ।

सेलवेज ग्रुपले २०७० देखि सेल्सवेरी ब्राण्डबाट सेवा प्रवाह गर्दै आइरहेको छ । हालसम्म सेल्सवेरीका २९ वटाशाखा विस्तार भइसकेका छन् ।

जसमध्ये ५ वटा सुपर स्टार, १० वटा प्रिमियम स्टारका साथै १४ वटा एक्सप्रेस स्टार रहेका छन् । कम्पनीले हालसम्म ६०० जनालाई प्रत्यक्ष रोजगारी दिइरहेको छ । यसैगरी २०८० मा पोखरामा थप २ वटा तथा काठमाडौंमा ४ वटा शाखा विस्तारका तयारी गरिएको कम्पनीले जनाएको छ ।

जसअनुसार काठमाडौंको महाराजगन्जमा रहेको सुविधासम्पन्न भवनबाट अन्तर्राष्ट्रियस्तरका डिपार्टमेन्ट स्टोर बैशाखबाट सञ्चालनमा ल्याउने तयारी भइरहेको सेलवेज ग्रुपले बताएको छ । सेल्सबेरीले अहिले विभिन्न ५०० भन्दा बढी कम्पनी तथा सप्लायर्सबाट १ लाख भन्दा बढी भेराइटीका सामाग्री ग्राहकवर्ग समक्ष उपलब्ध गराइरहेको छ ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal