
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले काँग्रेस नेता चन्द्र भन्डारी भण्डारीको उपचारमा कुनै पनि कमी नराख्न सरकारलाई आग्रह गरेका छन् ।
चन्द्र भण्डारी ग्यास विस्फोटमा परी घाइते भएका थिए । उनले चन्द्र भण्डारी र उनको आमाको उपचारमा कुनै कमी नहोस् भनि प्रधामन्त्रीलाई आग्रह गरेका छन् ।
आज बिहान प्रधानमन्त्री प्रचण्डलाई फोन गरेर उपचारबारे सचेत गराएको सामाजिक सन्जालमा उल्लेख गरेका छन् ।
उनले लेखेका छन् ‘प्रिय चन्द्र भण्डारी दाइ, म अन्तरआत्मा देखि नै तपाईं र ममतामयी आमाको स्वास्थ्य लाभको कामना गर्दछु। तपाईंको उपचारमा कुनै कमी नहोस् है भनेर भर्खरै प्रधानमन्त्री ज्यु लाई पनि विनम्र अनुरोध गरेको छु।’