आज :

नेमकिपाद्वारा मन्त्री, सांसद र उच्च अधिकारीलाई निर्वाचन क्षेत्र बाहिर घरजग्गा किन्न नदिने प्रस्ताव

  • अनलाइन डबली

काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले प्रधानमन्त्री, मन्त्री, सांसद र उच्च अधिकारीलाई आफ्नो निर्वाचन क्षेत्रबाहिर घरजग्गा किन्न नदिने प्रस्ताव गरेको छ ।

उनले मालपोत ऐनमा यस्तो व्यवस्था राख्न  सुझाव दिएका हुन् । कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले सम्पत्ति शुद्धिकरण (मनि लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक अगाडि बढाएको छ । जहाँ मालपोत ऐनका पनि केही प्रावधान संशोधन गर्ने प्रस्ताव छ ।

यही विधेयकमार्फत मालपोत ऐनमा सन्तुलित विकासका लागि केही व्यवस्थाहरु थप्नुपर्ने प्रस्ताव सुवालले राखेका हुन् । मुलुकको सन्तुलित विकासका लागि प्रधानमन्त्री, मन्त्री, सांसद र उच्च अधिकारीलाई आफ्नो निर्वाचन क्षेत्रबाहिर घरजग्गा किन्न नदिने व्यवस्था गर्ने उनको प्रस्ताव छ ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal