आज :

अदानचुली गाउँपालिका अध्यक्ष सिंहले मागे नेपाल टेलिकमसँग इन्टरनेट सेवा

काठमाडौ । हुम्लाको अदानचुली गाउँपालिकाले नेपाल टेलिकमसँग इन्टरनेट सेवाको माग गरेको छ । मंगलबार पालिका अध्यक्ष मोहनविक्रम सिंहले टेलिफोन र इन्टरनेटको समस्या हुँदा कामकाजमा प्रभावित भइरहेकोले सो सेवा उपलब्ध गराउन काठमाडौं स्थित टेलिकमको वायरलेस सेवा निर्देशनालयमा अनुरोधसिहत निवेदन पेश गरेका छन् ।

अहिले देशका हरेक कुनाकुनासम्म इन्टरनेट सेवा पुगिसकेको भएपनि गाउँपालिका सो सेवाबाट बन्चित रहँदै आएकोले समस्या भोगिरहेको पाईन्छ । लेन्डलाइन टेलिफोन, नमस्ते र स्काइको मोबाइल सेवा, इन्टरनेट सेवालगायतको कुनै पनि सञ्चार सेवामा अवरुद्द भैरहँदा अदानचुुलि गाउँपालिकाले सहज तरिकाले प्रयोग पाएको छैन ।

जितेर गएका प्रतिनिधिहरु समस्या समाधानका निम्ति कोशिस पनि नगरेकोले आफै सम्बन्धित ठाउँमा पुगरे कार्य गर्न लागेको सिंहले अनलाइन डबलीसँग बताए । तर, जनप्रतिनिधिको जति टेलिकमलाई धेरै दबाब छ, उति धेरै नेटवर्कमा खराबी देखिइरहेको स्थानिय स्थानिय बताउँ छन् । गाउँपालिकाले नेपाल दुरसञ्चार प्राधिकरण (नेपाल टेलिकम) सँग इन्टरनेट सेवा विस्तारको कार्य सञ्चालन गर्न आग्रह गरिसकेकोले अब छिट्टै सो सेवा प्राप्त हुने विश्वास अध्यक्ष सिंहले लिएको बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal