आज :

अन्जु पन्त र सुगम पोख्रेलको स्वर रहेको गीत  “तिमि मेरो खास हौ”  बजारमा (भिडियो सहित)

  • अनलाइन डबली

काठमाण्डौ । नेपाली संगीत पारखीहरुका लागि कलाकारहरुका अथाह मेहनत र परिश्रमले फरक-फरक स्वादका गीत संगीतहरु बजारमा आइरहेका छन् । यसै भिडमा प्रणय दिवसको अवसर पारेर गीतकार पुनम मोथेले भर्खरै मात्र प्रगाड प्रेम भावमा “तिमि मेरो खास हौ” बोलको गीतलाई सार्बजनिक गरेकी छिन् ।

उनले यस गीतलाई आफ्नै आफिसिएल युट्युब च्यानल मार्फत सार्बजनिक गरेकी हुन् । निकै महँगो खर्चमा छायांकन गरिएको यस गीतको म्युजिक भिडियोमा बिकाश चौवान र बबिता गुरुङ्गको आकर्षक अभिनय देख्न सकिन्छ ।

पुनम मोथेको शब्द रचना र सरोज पोख्रेलको संगीतमा तयार भएको यस गीतमा सुगम पोख्रेल र अन्जु पन्तको सुमधुर स्वर सुन्न सकिन्छ । गीतकार पुनम यतिबेला अमेरिका रहेकी छिन् । अमेरिकामा रहेर पनि नेपाली गीत संगीत र साहित्यलाई यति धेरै प्राथमिकतामा साथमा  लिनुले साच्चै स्वदेश प्रतिको मोह जुन देशमा पुगेपनि नमेटिने प्रष्ट हुन्छ ।

“तिमि मेरो खास हौ” बोलको गीतको म्युजिक भिडियोलाई राहुल बराइलीले निर्देशन गरेका हुन् भने छायांकन मुकेश हुमागाईं र सम्पादन मिन रावलले गरेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal