आज :

टर्की-सिरिया भूकम्पः मृत्यु हुनेको संख्या २० हजार नाघ्यो, पराकम्पन जारी

  • अनलाइन डबली

काठमाडौं । सिरिया – टर्कीमा भूकम्पका कारण परी मृत्यु हुनेको संख्या २० हजार जना नाघेको छ । सोमवार टर्की र सिरियाको सीमा क्षेत्रमा लगातार दुईवटा शक्तिशाली भूकम्प गएका थिए ।

बीबीसीका अनुसार ज्यान गुमाउनेमध्ये झण्डै १५ हजार जना टर्कीका रहेका छन् भने बाँकी सिरियाका नागरिक रहेका छन् । अझै पनि केही मानिस जीवितै भेटिने आसामा उद्धारकर्ताले कठ्याङ्ग्रिँदो रातमा समेत उद्धार कार्य जारी राखेका छन् ।

यसैबीच, सिरियाको उत्तर पश्चिममा रहेको भूकम्प प्रभावित क्षेत्रमा पहिलोपटक राहत सामग्री पुगेको छ । विद्रोहीको कब्जामा रहेको उत्तर पश्चिम क्षेत्रमा संयुक्त राष्ट्र सङ्घले ४ वटा लरीमार्फत् राहत सामग्री पठाएको खबरमा उल्लेख छ । यसअघि विद्रोही समूहले अनुमति नदिँदा र सडक भत्किएका कारण भूकम्प प्रभावित क्षेत्रमा राहत सामग्री पुग्न सकेको थिएन ।

टर्कीमा उद्धार र राहतको कामले केही तीव्रता पाए पनि सिरियामा भने अवस्था निकै दयनीय रहेको छ । यसैबीच, विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले टर्की र सिरियामा भूकम्पपछिको स्वास्थ्य सङ्कटको चेतावनी दिएको छ । शवको उचित व्यवस्थापन नहुनु, स्वच्छ खाना र पानीको अभाव तथा माइनसमा रहेको तापक्रममा पनि उचित बासस्थान र ऊर्जा नहुँदा स्वास्थ्य सङ्कट आउन सक्ने डब्ल्यूएचओले चेतावनी दिएको हो । गम्भीर सङ्कट आउनुअघि नै गास, बास र कपासको उचित व्यवस्थापनमा लाग्न डब्ल्यूएचओले सुझाव दिएको छ ।

यसअघि डब्ल्यूएचओले भूकम्पमा परी करिब ४०हजारको ज्यान जान सक्ने बताएको थियो ।

अहिले पनि ठूलाठूला पराकम्पन आइरहेका अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal