आज :

राजस्व अधिकारीहरुलाई प्रधानमन्त्रीको निर्देशन- पहिला ठूला बदमासलाई समात्नुस्

  • अनलाइन डबली

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले राजस्व चुहावट नियन्त्रणमा क्रमभंग गर्न अधिकारीहरुलाई निर्देशन दिएका छन् । प्रचण्डले राजस्व प्रशासनका अधिकारीहरुलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राजस्व प्रशासनका अधिकारीहरूलाई सो निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले पहिला ठूला बदमासीलाई नियन्त्रण गरे साना क्रमशः न्यूनीकरण हुँदै जाने बताउँदै भने, ‘राजस्व छली गर्ने ठूलो शक्तिलाई नछुने तर सानालाई मात्र छुन्छन् भन्ने आम गुनासो छ । तसर्थ अर्थतन्त्रलाई नकारात्मक प्रभाव पार्ने ठूलालाई नियमन र नियन्त्रण गर्न विशेष जोड लगाउनुपर्छ । ठूला बदमासीहरू नियन्त्रण गरेपछि साना बदमासीहरू क्रमशः न्यूनीकरण हुन्छन् । तपाईँहरूले देश र अर्थतन्त्रको हितमा कदम चाल्नुस् । राज्य निरीह छैन, गलत काम गर्ने कसैलाई पनि छोड्दैन भन्ने प्रष्ट दिनुस् ।’

अर्थतन्त्रका धेरैजसो सूचकहरु सकारात्मक हुँदै गएपनि संकटमुक्त भइनसकेको बताउँदै प्रधानमन्त्रीले राजस्व सङ्कलनका क्षेत्रमा देखिएका चुनौती समाधानको लागि जुट्न अधिकारीलाई भनेका छन् ।

प्रधानमन्त्री प्रचण्डले चुहावटको समस्या भन्सारमा मात्र नभई राजस्व सङ्कलनका अन्य क्षेत्रमा पनि भएको भन्दै यसको दायरा बढाउनुको अर्थ यसको प्रभावकारिता बढाउनु पनि भएको बताए ।

प्रधानमन्त्री प्रचण्डले राजस्व प्रशासन र नियन्त्रणमा काम गरिरहेका कर्मचारी र सुरक्षाकर्मीले उच्च मनोबल र असल आचरणका साथ काम गर्नुपर्ने बताए । उनले प्रविधिको प्रयोग ठिक ढङ्गले नगरिकन चोरी नियन्त्रण र सुरक्षा प्रबन्ध पनि प्रभावकारी हुन नसक्ने धारणा समेमत राखे ।

बैठकमा उपप्रधान एवम् अर्थ मन्त्री विष्णु पौडेलले राजस्व सङ्कलन र चुहावटका क्षेत्रमा हुनसक्ने सम्भावित मिलेमतोलाई चेन ब्रेक गर्ने गरी कार्यविभाजन गर्न निर्देशन दिइसकेको जानकारी दिए । त्यस क्रममा मितव्ययिता र खर्च कटौतीको विषयलाई गम्भीरतापूर्वक लिएर त्यहीअनुरूप कार्ययोजना र कार्यान्वयनमा लैजान आफूले मेहनत गरिरहेको मन्त्री पौडेलले बताए ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal