
माध १९ , काठमाडौँ । ललितपुर महानगर प्रहरीले महानगर पालिकामा सेवा प्रवाहको सन्दर्भमा महानगर प्रहरीबाट भए गरेका कार्यहरुको श्रव्य दृष्य सामग्री सार्वोजनिक गरेको छ । श्रव्य दृष्य प्रदशन कार्येक्रमको उत्घाटन मेयर चिरिबाबू महर्जनले गर्नु भयो ।
मेएर महर्जनले नगर प्रहरीले नगरलाई ब्यबस्थित बनाउन खेलेको भूमिकाको प्रशंसा गर्नु भयो । नगरलाई थप विद्युती कारण गर्दै काठमाडौँ उपत्यकालाइ राती हवाईजहाजबात हेर्दा जता उज्यालोले झकिझकाउ देख्ने हुन्छ त्यतै ललितपुर महानगर हुने गरि काम अगाडी बढेको बताउनु भयो ।
महानगरलाई निकै ब्यबस्थित बनाउन सकेको दावी गर्दै विद्युत प्राधिकरणले ४० प्रतिशत र महानगले ६० प्रतिशत बेहोर्ने गरि सडक बत्ती बिस्तार गर्ने लक्ष्य नजिक पुगेको बताउनु भयो । महानगलाई ब्यबस्थित नगरको रुपमा परिवर्तन गर्न सकेको श्रेय ललितपुर महानगर प्रहरीलाइ दिदै उहाले नगर प्रहरी प्रमुख सिताराम हाच्छेत्थुको प्रसंशा गर्नु भयो ।
देशै भरिका ६ वटा महानगर गरि जम्मा २१७ पालिकाहरुमा रहेका नगर प्रहरीमा सबैभन्दा उत्कृष्ट नगर प्रहरीमा ललितपुर महानगर प्रहरीलाइ लिने गर्दछ । महानगर पालिकामा सेवा प्रवाहको सन्दर्भमा महानगर प्रहरीबाट भए गरेका कार्यहरुमा सास्कृतिक , सामाजिक , दैवीप्रकोप लगाएत बिषएमा नगर प्रहरीले गरेको सामाजिक जिम्मेवारीलाइ श्रव्य दृष्यमा देखिएको छ ।
’