Skip
आज :

संसदको बैठकका क्रममा फोटो पत्रकार वर्षा शाहमाथि दुर्व्यवहार, घटनाप्रति फोटो पत्रकार क्लबको ध्यानाकर्षण

  • अनलाइन डबली

काठमाडौं । संघीय संसदको बैठकका क्रममा तस्बिर संकलन तथा समाचार संकलन गर्ने क्रममा फोटो पत्रकार वर्षा शाहमाथि दुर्व्यवहार भएको घटना  प्रति  फोटो पत्रकार क्लबले ध्यानाकर्षण भएको जनाएको छ ।

फोटो पत्रकार क्लब नेपालको कार्यसमिति सदस्य एवम् देशसञ्चारमा कार्यरत शाहमाथि संसदमा खटिएका मर्यादापालकबाट दुर्व्यवहार भएको क्बलका प्रवक्ता विकास द्वारेले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

‘संसदीय लोकतन्त्र, विधिको शासन र संसदीय मूल्यमान्यताको अभ्यास हुने गरिमामय संसदमा सञ्चाकरर्मीमाथि भएको दुर्व्यवहारको फोटो पत्रकार क्लब घोर भर्त्सना गर्दछ’, विज्ञप्तिमा भनिएको छ। क्लबले यस्ता घटना दोहोरिन नदिन संसद सचिवालयलाई ध्यानाकर्षण गराएको छ ।

त्यस्तै, घटनालाई लिएर संसदीय मामिला पत्रकार समाज नेपालले पनि आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । अध्यक्ष सञ्जिव बगालेले विज्ञप्ति जारी गर्दै महिला सञ्चारकर्मीलाई पुरुष शौचालय जान भन्नेसम्मको गैरजिम्मेवारपूर्ण अभिव्यक्ति सचिवलायले खटाएका सुरक्षाकर्मीबाट भएको घटना दोहोरिनु नहुने बताएका छन् ।

शाहलाई महिला संसद र महिला मर्यादापालकले प्रयोग गर्ने शौचालयमा जान नदिएर पुरुषले प्रयोग गर्ने शौचालयमा जान भनिएको थियो ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal