आज :

क्यानले निलम्बन फुकुवा गरेको दिन सन्दीपलाई पुर्पक्षमै राख्न सर्वोच्चमा निवेदन

  • अनलाइन डबली

काठमाडौं ।  नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा गरेको छ । उच्च अदालत पाटनले धरौटीमा रिहा गर्न दिएको आदेशविरुद्ध सर्वोच्च अदालतमा निवेदन परेको दिन क्यानले फुकुवा गरेको हो ।

महान्यायाधिक्ताको कार्यालयले मंगलबार उच्च अदालतको आदेश बदर गर्न माग गर्दै सर्वोच्चमा निवदेन दिएको हो ।

मंगलबार पोखरामा बसेको क्यान बोर्ड बैठकले सन्दीपको निलम्बन फुकुवा गर्ने निर्णय गरेको थियो । निलम्बन फुकुवाको एजेन्डा बैठकबाट पास भएको बताइएको छ । तर निलम्बन फुकुवाबारे क्यानले औपचारिक रुपमा धारणा सार्वजनिक गरेको छैन ।

निलम्बन फुकुवा गरेपनि सन्दीपलाई राष्ट्रिय टोलीमा समावेश गर्ने वा नगर्नेबारे क्यानले निर्णय गरिसकेको छैन । सन्दीपलाई फुकुवा गर्ने निर्णयप्रति ७ जना सदस्यले कार्यसम्पादन समितिको विषयमा असन्तुष्टि समेत व्यक्त गरेका छन् ।

गएको भदौ ५ गते काठमाडौंको एक होटलमा लगेर नाबालिगलाई ब लात्कार गरेको आरोप लागेको थियो । पक्राउ पुर्जी जारी भएसँगै क्यानले सन्दीपलाई गएको भदौ २३ मा निलम्बन गरेको थियो ।

उच्च अदालत पाटनले काठमाण्डौ जिल्ला अदालतको आदेश बदर गरी पुस २९ मा २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal