
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) का सभापति रवि लामिछानेले गृह मन्त्रालय नपाए सरकारलाइ दिएको समर्थ फिर्ता लिने बताएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर लामिछानेले आफूलाई गृह मन्त्रालय दिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘ प्रचण्ड’सँग माग गरेका हुन् । गृह नपाए सरकारबात बाहिरिने लामिछानेको चेतावनी छ ।
सर्वोच्च अदालतले शुक्रबार लामिछानेले नेपाली नागरिकता नलिएको भन्दै दोषी ठहर गरे पश्चात नागरिकता प्रकरणमा सांसद पद गुमाएका लामिछानेले आइतबार पुनः नागरिकता लिएका छन् ।
नागरिकता प्राप्ति पछी पुनः पार्टीको सभापति बनेका लामिछानेले आइतबार बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्ड संग गृह मन्त्रालय मागेका थिए । गृह मन्त्रालय आफ्नै पार्टीसँग राख्न चाहेका प्रधामन्त्री प्रचण्ड भने रविलाई गृह दिन इच्छुक छैनन् ।