आज :

पाकिस्ताको एक मस्जिदमा भएको हमलामा परी मृत्यु हुनेको संख्या ६० पुग्यो, सुरक्षाकर्मी धेरै

  • अनलाइन डबली

काठमाडौं । पाकिस्तानीको पेशावरको एक मस्जिदमा भएको हमलामा परी मृत्यु हुनेको संख्या ६० पुगेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । स्थानीय समयअनुसार सोमबार दिउँसो १ः३० बजेतिर हमला बम बि स्फोट गराइएको थियो । ज्यान गुमाउनेहरुमा सुरक्षाकर्मी धेरै रहेको बताइएको छ ।

एक सरकारी उच्च अधिकारीलाई लक्षित गरी हमला गरिएको बताइएपनि उनको अवस्थाबारे खुलाइएको छैन । उक्त घटनामा १५० भन्दा धेरै घाइते भएका छन् ।

मस्जिदमा मानिसहरू भरिभराउ रहेका बेला हमलाकारीले आत्मघाती बि स्फोट गराएको स्थानीय अधिकारीहरुले जनाएका छन् । हमलाकारी मस्जिदको पहिलो लहरमा उभिएका थिए ।

गत नोभेम्बरमा युद्धविराम भङ्ग गरेको पाकिस्तानी तालिबानले हमला आफूले गराएको जनाएको छ। घटनाको थप अनुसन्धान भइरहेको छ । मस्जिदको एउटा भाग ध्वस्त भएको छ र अधिकारीहरूले मानिसहरू भग्नावशेषमा पुरिएको बताएका छन्।

मस्जिदमा विस्फोट हुँदा ३०० देखि ४०० को बीचमा प्रहरीहरू उपस्थित रहेको पेशावरका प्रहरी प्रमुखले स्थानीय सञ्चारमाध्यमहरूलाई जानकारी दिएका छन् ।

यसैबीच प्रधानमन्त्री शहबाज शरिफले कडा शब्दमा त्यस हमलाको निन्दा गरेका छन्। एक विज्ञप्तिमार्फत उनले घटना गराउनेहरूको “इस्लामसँगको कुनै साइनो नहुने” बताएका छन्। उनले पूरा देश आतङ्कवादको त्रासविरुद्ध उभिएको समेत बताए ।

अफगानिस्तानसँग सीमा जोडिएको पाकिस्तानको उत्तर पश्चिमी सहरमा रहेको सो मस्जिदमा दिउँसोको प्रार्थनाको चलिरहेको बेला हमला भएको स्थानीय संचारमााध्यमहरुलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

अस्पतालमा उपचार गराइरहेका घाइतेमध्ये धेरैको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।

राजधानी ईश्लामावाद लगायतका सहरमा सुरक्षा सतर्कता बढाइएको पाकिस्तानी संचारमाध्यमहरुले बताएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal