
काठमाडौं। उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि चिनीया राजदुत चेन सोङ्गले शिष्टाचार भेटवार्ता गरेका छन् । हालै जिम्मेवारीसहित नेपाल आएका राजदूत सोङ्गले मन्त्री श्रेष्ठलाई भेट्न मन्त्रालय पुगेका थिए ।
भेटमा दुईदेशको ऐतिहासिक सम्बन्धलाई असल छिमेकीका रूपमा अझै प्रगाढ बनाउने, निर्माण र पूर्वाधार अवस्था एवं संभावनाबारे महत्वपूर्ण छलफल भएको छ। उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री श्रेष्ठको विभिन्न चासो र सरोकारलाई राजदुत सोङ्गले बिस्तारमा जवाफ दिए ।
त्यसक्रममा राजदुत सोङ्गले टोखा–छहरे सडकको, इआइएु प्रतिबेदन स्वीकृत गर्ने बित्तिकै चाइनाले थप कदम अगाडि बढाउने, ुफिजिबिलिटीु अध्ययन सकिनेबित्तिकै केरुङ(काठमाडौं रेलवेको काम अगाडि बढाइने, अरनिको राजमार्गको बिस्तार र मर्मतमा सहयोग गर्ने र नयाँ परियोजनाका लागि प्रस्तावहरू आएमा थप सहयोग गर्न तयार रहेको बताए ।
चिनीयाँ निर्माण कम्पनीले ठेक्का पाएकामध्ये कलंकी–चावहिल चक्रपथ, नारायणगढ–बुटवल सडक र मुग्लिन–पोखरा सडक बिस्तारमा असाध्यै ढिलाइ भएको र त्यसबाट जनताले सास्ती भोग्नुपरेकोमा समेत उपप्रधानमन्त्री श्रेष्ठले चासो राखेका थिए ।
कलंकी चावहिल खण्डको केही स्थानमा अझै ‘साइट क्लिएर’ नभएको र नारायणगढ–बुटवल तथा मुग्लिन–पोखरा सडक निर्माण ढिलाईबारे आबश्यक समन्वय गरेर समयमै सम्पन्न गर्न सहयोग गर्ने राजदुत सोङ्गको बताए ।
त्यस्तै, उपप्रधानमन्त्री श्रेष्ठले संखुवासभा(किमाथांका नाका खुलाउनेबारे समेत राजदुत सोङ्गको ध्यानाकर्षण गराएका थिए ।