आज :

धनकुटा महोत्सवमा भागदौड हुँदा तीन दर्जन घाइते, ४ जनाको अवस्था गम्भीर

  • अनलाइन डबली

काठमाडौं । धनकुटा महोत्सवमा भीड च्यापिएर कम्तिमा पनि तीन दर्जन घाइते भएका छन् । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार महोत्सवमा अत्याधिक भीडका कारण ठेलमठेल हुँदा भीडले च्यापेको हो ।

भीडमा च्यापिएका मध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ । घाइतेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ ।

गायक प्रमोद खरेल महोत्सवमा आउने खबरसँगै भीड बढेको बताइएको छ । टुँडिखेलमा छिर्नका लागि ठेलमठेल भएपछि ढोकामा च्यापिएर मानिसहरु घाइते भएका हुन् । घाइते हुनेमा महिला र बालबालिका पनि रहेका छन् । गम्भीर घाइते बाहेकको धनकुटा अस्पतालमै उपचार भइरहेको छ ।

मेला गत माघ ६ गते उद्घाटन भएको थियो । उक्त मेला १६ गतेसम्म सञ्चालन गर्ने तयारी थियो । धेरै सङ्ख्यामा मानिसहरू घाइते भएसँगै महोत्सव स्थगित गरिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal