आज :

उपप्रधानमन्त्री श्रेष्ठको सक्रियतामा दुई सातामा काठमाडौंमा ६५ प्रतिशत खाल्डाखुल्डी मर्मत

  • अनलाइन डबली

काठमाडौँ । उपप्रधानमन्त्री एवम भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठको सक्रियतामा दुई सातामा काठमाडौँका सडकमा रहेको खाल्डाखुल्डी ६५ प्रतिशत मर्मत भएका छन् । शुक्रबार मन्त्रालयमा सडकसँग सम्बन्धित आठ निकायहरुको संयुक्त बैठकमा ६५ प्रतिशत खाल्डाखुल्डा मर्मत भएको अधिकारीहरुले जानकारी दिएका थिए ।

बैठकमा काठमाडौं महानगर पालिकाको मेयर बालेन्द्र शाह, ललितपुर महानगरपालिकाकी मन्जली शाक्य बर्जर्चायलगाएत  नेपाल टेलिकम, मेलम्ची खानेपानी आयोजना, नेपाल बिधुत प्राधिकरण र काठमाडौं उपत्यका खानेपनी लिमिटेडका प्रमुखहरु समेतको सहभागिता रहेको थियो।

यसअघि उपप्रधानमन्त्री एवम भौतिक पूर्वाधार तथा यातायातमन्त्री श्रेष्ठले सडकमा संरचना रहेका निकायका प्रतिनिधिसहित बैठक गरेर दुई सातामा खाल्डाखुल्डी हटाउन लाग्न निर्देशन दिएका थिए । मन्त्री श्रेष्ठसँगै सम्बन्धित निकायका प्रतिनिधिहरुले उपत्यकाका बिभिन्न सडकको स्थलगत अवलोकन समेत गरेका थिए ।

बैठकमा बोल्दै उपप्रधानमन्त्री श्रेष्ठले काठमाडौँ उपत्यकामा रहेका बिभिन्न निकायले आआफ्नो काम गरिरहेको भएपनि एकीकृत स्वरुपमा समन्वयत्मक ढङ्गले काम गर्न आबश्यक रहेको बताए । विकास निर्माणका काम गुणस्तरिय रुपमा सम्पन्न गर्नुपर्ने बताए । कुनैपनि ठाउँमा समस्या देखिँदा सम्बन्धित निकायले नागरिकप्रतिको आआफ्नो जिम्मेवारी सम्झेर काम गर्नुपर्दछ भन्दै मन्त्री श्रेष्ठले भने, “एकले अर्काेले दोष दिएरभन्दा जनताले राम्रो सेवा पाउन भनी काम गर्न छलफल शुरु गरिएको छ ।”

एउटै ठाउँमा काम गर्ने निकायहरुले एकअर्कालाई सहयोग गर्नुपर्नेमा उपप्रधानमन्त्री श्रेष्ठको जोड छ । महानगरपालिका वा अरु निकायलाई आबश्यक पर्दा मन्त्रलयलका तर्फबाट गर्नुपर्ने समन्वय वा कुनै पनि किसिमको सहयोग गर्न मन्त्री श्रेष्ठले निर्देशन दिए । उनल सबै निकायले आआफ्नो जिम्मेवारी इमान्दारीतापूर्वक पालना गर्नुपर्नेमा जोड दिए  ।

प्राधिकरणले बत्ती बालेर जनता खुसी भएपनि उसका संरचनाका कारण सडकमा समस्या आएको भनी गुनासो आइरहेको बताउँदै  मन्त्री श्रेष्ठले प्राधिकरणले उच्चस्तरको बैठक गरेर समस्या समाधान गर्न लाग्नुपर्ने बताए । सडकमा रहेका संरचनाले सडकमा पुगेको अवरोधका बिषयमा आयोजना कार्यान्वयन निर्देशनालय र काठमाडौँ उपत्यका खानेपानी लिमिटेडसँग कुराकानी भइरहेको जानकारी समेत दिए ।

सडकमा रहेका खाल्डाखुल्डी हटाउन र समन्वयमा रहेको समस्या हटाउने उद्देश्यले अहिले दुई सातामा एकपटक बैठक बस्ने गरिएकामा आगामी दिनमा आबश्यकता अनुसार एक दुई महिनामा बस्न सक्ने मन्त्री श्रेष्ठले बताए ।

काठमाडौँ उपत्यकाका सडकमा संरचना रहेका निकायबीच समन्वय गरि सडक सुधार गर्ने गरि  काठमाडौँ संघीय सडक सुपरिबेक्षण तथा अनुगमन कार्यालयका सुपरिट्न्डेन्ट इञ्जिीनियर डा. बिजय जैशीको संयोजकत्वमा आठ सदस्यीय स्थायी सम्यन्त्र गठन गरेको छ ।

विभिन्न आठ प्रतिनिधि सदस्य रहने निकायहरुमा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत बिकास समिति, काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, नेपाल टेलिकम, मेलम्ची खानेपानी आयोजना, नेपाल बिधुत प्राधिकरण र काठमाडौं उपत्यका खानेपनी लिमिटेड  रहेका छ्न्।

आजको बैठकले तीनकुनेस्थित बागमती पुल र बिजुलीबजारस्थित धोबीखोलाको पुल मुनिबाट करिडोर चालु गर्ने निर्णय गरेको छ । नेपाल विद्युत प्राधिकरणबाट सञ्चालित आयोजनाहरुको निर्माणस्थलमा प्राधिकरण र सडक विभागबीच भएको समझदारीअनुसार क्षति पुगेको खण्डमा अस्थायी वा स्थायी खण्डको पुनःस्थापना गर्ने पनि निर्णय भएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal