आज :

वित्तीय संस्थाहरुको आतंक जारी, एक दर्जन नागरिकले गरे आत्महत्या

  • अनलाइन डबली
फाइल फोटो

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले ब्याज र ऋण असुलीका नाममा आतंक मच्चाइरहेका छन् । उनीहरुले मानिसहरुलाई आत्मदाह र आत्महत्याको बाटो रोज्न बाध्य पारिरहेका छन् ।

वित्तीय संस्थाकै ऋणका कारण अहिलेसम्म एक दर्जन नागरिकले आत्महत्या गरिसकेका छन् । वित्तीय संस्थाहरुले गाली बेइजतको साथै सार्वजनिक रुपमा बदनाम गर्न थालेपछि आत्महत्याको बाटो रोज्न बाध्य हुनु परेको सुसाइट नोटमा लेखेका छन् ।

नेपाल उद्योग संघ काठमाडौंका अध्यक्ष दिनेश श्रेष्ठले बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर आतंककै कारण नागरिकले आत्महत्या गर्न बाध्य भइरहेको बताएका छन् ।

यसैबीच पत्रिकामा सबै परिवारको फोटो प्रकाशित गर्ने धम्की दिएपछि विराटनगरका इलेक्ट्रिक पसल गर्दै आएका मोहनप्रसाद न्यौपानेले ‘सुसाइट नोट’ लेखेर आत्महत्या गरेका छन् ।

प्रहरीका अनुसार उनले बुधबार आत्महत्या गरेका हुन् । आत्महत्या गरेको स्थानबाट प्रहरीले तीन पानाको सुसाइट नोट  फेला पारेको सुसाइट नोटमा न्यौपानेले व्यवसायी प्रयोजनको लागि लिएको रकम समावेश गरिएको छ । नोटमा न्यौपानेले विभिन्न बैंक तथा वित्तीय संस्था र व्यक्तिहरुसँग लिएको रकम उल्लेख गरेका छन् ।

प्रहरीका अनुसार मोहनप्रसादले ५७ वर्षिय न्यौपाने विराटनगर–३, पोखरीया स्थित आफ्नै घरको बाथरुममा बुधबार घाँटीमा डोरीको पासो लगाएर आत्महत्या गरेका थिए ।

देशको आर्थिक अवस्था कमजोर भएसँगै व्यवसाय घट्दा पनि वित्तीय संस्थाहरुले ऋण असुलीको नाममा आतंक मच्चाएको आरोप लागिरहेकै बेला मोहनप्रसादले आत्महत्या गरेका हुन् ।

त्यसैगरी सप्तरी जिल्लाका छिन्नमस्ता गाउँपालिका घर भएका रामदेव मरिकले पनि ऋण तिर्न नसकेर आत्महत्या गरेका छन् । ग्लोबल आईएमई लघुवित्त र महुली लघुवित्तबाट लिएको ऋण तिर्न नसकेपछि उनले आत्महत्या गरेका हुन् ।

संस्थाका कर्मचारीहरुको चर्को दवाव, गाली र धम्की दिइरहेका थिए । पाँच हजार रुपैयाँ ब्याज तिर्न नसक्दा मरिकले माघ १० गते आत्महत्याको बाटो राेजेका हुन् ।

वित्तीय संस्थाहरुले ब्याज तुरुन्त नतिरे सबै परिवारको फोटो पत्रिकामा प्रकाशित गरिदिने धम्की दिन थालेपछि सार्बजनिक बेइजत हुनेभन्दा आत्महत्याको बाटो रोजेको अनुसन्धानको क्रममा खुलेको छ ।

रामदेवका छोरा राज कुमार मरिकले बुवाले लघुवित्तबाट आफ्नो विहेको लागि ल्याएको ऋण तिर्न नसक्दा आत्महत्या गरेको स्वीकार गरेको बताइएको छ ।

आत्महत्या गर्न बाध्य पार्ने महुली लघुवित्त र ग्लोबल आइएमई लघुवित्तका कर्मचारीविरुद्धमा आत्महत्या दुरुत्साहनमा मुद्दा चलाउन माग उठिरहेको छ ।

बैंक तथा वित्तीय संस्थाहरुले हालै सार्वजनिक गरेको विवरण अनुसार तीन महिनामा अरबको हिसाबले नाफा गरेका छन् । यति कमाउदा पनि ब्याज घटाउने भन्दाे मिटरब्याजमा लगानी गर्न थालेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal