आज :

प्रेमप्रसाद आचार्यले उठाएका विषयबारे छानबिन गर्न समिति गठन

  • अनलाइन डबली

मङ्सिर १२, काठमाण्डौ ।  आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यले मृत्युअघि सामाजिक संजाल फेसबुकमार्फत उठाएका विषयबारे  गर्न गृहमन्त्रालयले छानबिन समिति गठन गरेको छ ।

गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद रिसालको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरिएको गृहमन्त्री रवि लामिछानेको सचिवालयले जनाएको छ ।

समितिमा अर्थमन्त्रालयका उपसचिव, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव, श्रम रोजगार तथा सामजिक सुरक्षा मन्त्रालयका उपसचिव, नेपाल प्रहरीका प्रहरी उपरीक्षक र राष्ट्रिय अनुसन्धान विभागका उप–अनुसन्धान निर्देशक सदस्य रहने भएका छन् ।

आचार्यले सामाजिक सञ्जालमा उठाएका सबै विषयमा यथाशीघ्र छानबिन गरी प्रतिवेदन तयार पार्न समितिलाई कार्यादेश दिइएको गृह मन्त्रालयले जनाएको छ ।

यस बिषयमा समिति बनाएर छानविन गर्न बुधबारको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयलाई जिम्मा दिएको थियो ।

मंगलवार बानेश्वरमा आफैँलाई आगो लगाएका आचार्यको उपचारको क्रममा हिजो बिहान ज्यान गएको थियो ।

आचार्यले उठाएका विषयको सम्बोधन हुनुपर्ने र आचार्यले न्याय पाउनु पर्ने जनदाबाव बढ्दै गएको छ  ।

 

 

 

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal