काठमाडौं । नेकपा एमालेका जिल्ला कमिटी पुर्ब उपसचिव तथा निबर्तमन जिल्ला समन्वय उपप्रमुख खगेन्द्र कार्कीलाई पितृ शोक परेको छ । बुधबार विहान ५ बजे कठमाडौंको महाराजगञ्ज स्थित टिचिङ अस्पतालमा कार्कीका ७२ वर्षीय पिता विष्णु बहादुर कार्कीको निधन भएको परिवार स्रोतले बताएको छ ।
लामो समयदेखि फोक्सो क्यान्सरबाट पीडित स्वर्गीय कार्कीको करिब ४ महिनादेखि काठमाडौंको महाराजगञ्ज स्थित शिक्षण अस्पतालमा फोक्सोको उपचार भइरहेको थियो ।