सुर्खेत । नेकपा(एमाले) निकट राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च (मानवअधिकार एलायन्स)को मंगलबार सुर्खेतमा सम्पन्न कर्णाली प्रदेश कमिटीको प्रथम प्रदेश अधिवेशनबाट कालिकोटका नवीनकुमार शाही अध्यक्ष र हुम्लाका प्रेम बुढा उपाध्यक्षमा निर्वाचित भएका छन् ।
सर्वसम्मतले चयन भएको उक्त कमिटिमा दैलेखकी राधा मल्ल पनि उपाध्यक्षमा निर्वाचित भएकी आयोजकले बताएको छ । त्यसैगरी सुर्खेतका खिमबहादुर रेग्मी सचिव, सल्यानकी सुनिता पुन कोषाध्यक्ष, जाजरकोटका करवीर चदरा सह–सचिव, सुर्खेतका अकवर खान सहसचिव र सदस्यहरुमा मुगुबाट राधिका मल्ल, डोल्पाका सन्तोश शाही, जुम्लाबाट जनक रावत, रुकुम पश्चिमबाट लोकेश मल्ल चयन भएका थिए ।