
काठमाडौं । पश्चिम नेपालमा हिउँदे वर्षा र हिमपात भइरहेको छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा आज पनि वर्षा र हिमपात भइरहेको छ ।
पश्चिमी निम्न चापीय प्रणालीको प्रभावका कारण अस्ति रातिदेखि यी प्रदेशका केही ठाउँमा वर्षा भइरहेको हो । मौसमविद् समिर श्रेष्ठका अनुसार यो प्रणाली पूर्वतर्फ सर्ने क्रममा रहेकाले आज गण्डकी प्रदेशमा पनि हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सबैभन्दा बढी वर्षा बाजुरामा भएक छ । पछिल्लो २४ घण्टामा १६ मिलिमिटर वर्षा भएको मापन गरिएको छ । अन्य जिल्लाहरुमा पनि वर्षा भइरहेको छ ।
हिउँदे वर्षा र हिमपातसँगै पहाडी र हिमाली क्षेत्रका कृषकहरु खुशी भएका छन् । खडेरीले सुक्न बाँकी बाल फल्ने भन्दै किसानहरु खुशी भएका छन् । तर, किसान भने दुःखी भएका छन् ।
तराईमा खडेरीले खसै असर नपारेको र तोरी पाक्ने बेला भएकोले दुई दिनदेखिको हरीले असर पारेको छ ।