आज :

एक्लिँदै जेलेन्स्की, रुससँग नलड्ने भन्दै चार मन्त्रीसहित उच्च अधिकारीहरुले राजिनामा दिए

  • अनलाइन डबली

काठमाडौँ । रुससँगको लडाइँको विषयलाई लिएर युक्रेनका उच्च अधिकारीहरुले भटाभट राजिनामा दिन थालेका छन् । राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका एक विश्वास मात्र मानिएका उच्च सल्लाहकारले मंगलबार राजिनामा दिएका छन् । योसँगै जेलेन्स्की थप संकटमा परेका छन् ।

त्यस्तै मंगलबारमात्रै चार जना सहायक मन्त्री र पाँच क्षेत्रीय गभर्नरहरूले पनि राजिनामा दिएका छन् । उनीहरुले रुससँग लड्न नहुने सुझाव दिँदै आएको बताइएको छ । उनीहरुले अरुको ढाल बनेर युक्रेनी जनता भुट्न नहुने बताउँदै आएको समाचार संस्थाहरुले बताएका छन् ।

राष्ट्रपति जेलेन्स्कीकले रुससँग मिल्नु पर्छ वा युद्धको लागि वार्ता र संवाद गर्नुपर्छ भन्ने सरकारी अधिकारीहरुलाई भ्रष्टाचार र शत्रुलाई सहयोग गरेको आरोपमा कारवाही गर्दै आएका छन् ।

आफूले स्वीकृत दिएकाबाहेक सबै सरकारी कर्मचारीहरुलाई देश छोड्न जेलेन्स्कीले प्रतिबन्ध समेत लगाएका छन् ।

त्यसैगरी गुमेको भूमि फिर्ता ल्याउन नसकिने भन्दै रुसको सर्तमा वार्ता गर्न सुझाव दिएसँगै जेलेन्स्कीले रक्षा र भौतिक मन्त्रीमाथि समेत भ्रष्टाचारको आरोप लगाएका छन् ।

युक्रेन भ्रष्टाचार हुने देशकै सूचीमा पर्छ । ट्रान्सपरेन्सी इन्टरन्याश्नलले सन् २०२१ मा निकालेको एक प्रतिवेदनमा भ्रष्टाचार हुने देशको सूचीमा युक्रेनलाई १८० मध्ये १२२ औँ स्थानमा राखेको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal