सुर्खेत । हुम्ला र बाजुराको सीमा क्षेत्र केन्द्रबिन्दु बनाएर भूकम्पको क्षतिको विवरण आउन सकेको छैन । बाजुराको हिमाली गाउँपालिका र हुम्लाको ताजाकोट गाउँपालिकाको सीमा क्षेत्रमा पर्ने मेला केन्द्रबिन्दु भएर ५. ९ म्याग्निच्युडको भूकम्प गएको थियो ।
भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार मंगलबार दिउँसो २ बजेर ४३ मिनेट जाँदा भूकम्प गएको हो ।
बाजुराका केही स्थानमा भूकम्का कारण घरहरु भत्किएका विवरण सार्वजनिक भएपनि मेला आसपासको क्षेत्रको क्षतिको विवरण आउने सकेको छैन ।
हिमपातसँगै सो क्षेत्रको संचार सम्पर्क विच्छेद भएको बताइएको छ ।
बाजुरा प्रहरीका अनुसार बडिमालिका नगरपालिका ७ मा एउटा र ९ मा २ वटा घर भत्किएको बताएको छ । बाजुराको हिमाली गाउँपालिकाका विद्यालय भवन र घरहरु भत्किएको जानकारी आएपनि मैलामा भूकम्पको क्षतिको विवरण आउन सकेको छैन ।
भूकम्पकाे केन्द्रबाट नजिकै पर्ने बाजुराका स्थानीय घर बाहिरै बसेकाे बताइएकाे छ ।