आज :

सुदूरपश्चिम र कर्णाली प्रदेशमा हिउँदे वर्षा र हिमपात

  • अनलाइन डबली

धनगढी । सुदूरपश्चिम र कर्णाली प्रदेशमा हिउँदे वर्षासँगै हिमपात भइरहेको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका  कारण गएरातिदेखि हल्का वर्षा र हिमपात भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसमविद् प्रतिभा मानन्धरका आज दिउँसो पनि हल्का वर्षा र हिमपातको अनुमान छ ।

यस्तै, लुम्बिनी प्रदेशको पश्चिमी क्षेत्रमा पनि हल्का वर्षाको अनुमान छ । वर्षा भएका ठाउँमा मेघगर्जनको पनि सम्भावना रहेको मौसमविद् मानन्धरले जानकारी दिनुभयो । गण्डकी प्रदेशको मौसम आंशिकदेखि सामान्य बदली भए पनि गण्डकीमा पानी पर्ने अनुमान भने गरिएको छैन ।

बाग्मती, मधेस प्रदेश र प्रदेश १ को मौसम भने सामान्यतया सफा नै रहने बताइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal