आज :

फोहर फ्यान अवरोध गर्ने बन्चरेडाँडाका स्थानीयको चेतावनी , सम्झौता कार्यान्वयन नभएको गुनासो

  • अनलाइन डबली

काठमाडौं ।  धादिंगको छत्रे देउराली स्थित बन्चरेमा फोहर ब्यबस्थापन गर्दै आएको ल्याण्ड फिल्डका स्थानीयले सम्झौता कार्यान्वयन नभएको भन्दै फोहर फ्याक्न अवरोध गर्ने चेतावनी दिएका छन् । फोहोर व्यवस्थापनमा चरम लापरबाही भएको भन्दै उनीहरूले आन्दोलन गर्ने चेतावनी दिएका हुन् । प्रभावित क्षेत्र धादिङ धुनिबेँसी नगरपालिकाका अनुसार अहिले पनि प्रहरीले खटाएर फोहोर विसर्जनको काम भइरहेकाले ल्यान्डफिल साइट वरिपरि कोही स्थानीय जाने बित्तिकै प्रहरीले नियन्त्रणमा लिने गरेको छ । काठमाडौं महानगरपालिका र शहरी विकास मन्त्रालयसँग स्थानीयले पटक-पटक सम्झौता गर्दै आएपनि उनीहरूका माग सम्बोधन हुन नसकेको गुनासो उनीहरुले गरेका छन् । गत जेठमा फोहोर व्यवस्थापनको विवाद उत्कर्षमा पुगेको थियो । त्यतिबेला बन्चरेडाँडामा स्थानीय र प्रहरीबीच दैनिकजसो झडप हुने गरेको थियो । काठमाडौंका सडकभरी फोहोर थुप्रिन थालेपछि मात्रै महानगरपालिकाको ध्यानाकर्षण हुने गरेको स्थानीयवासीले गुनासो गरेका छन् ।

उपत्यकाबाट १ हजार २ सय मेट्रिक टन फोहर  बन्चरे लायान्फिलमा  विसर्जन हुन्छ । यसमध्ये सबैभन्दा बढी कामपाको ५ सय मेट्रिक टन फोहर निस्किने गर्दछ ।

हाल उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहरमध्ये करिब ७५ प्रतिशत सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ ।

 

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal