आज :

मोदीले प्रतिबन्ध लगाएको बीबीसीको वृत्तचित्रमा के छ ?

  • अनलाइन डबली

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूलाई जोडेर बनाएकङ्को बीबीसीको वृत्तचित्र यूट्युब र ट्वीटरमा ब्लक गर्न आदेश दिएका छन् । मोदीकाे आदेशमा भारतको सूचना र प्रसारण मन्त्रालयले उक्त वृत्तचित्रलाई यूट्यूब र ट्वीटरमा ब्लक गर्न लगाएको हो ।

‘इन्डिया: द मोदी क्वोइशन’ नामक उक्त वृत्तचित्रको पहिलो भागमा मोदी राजनीति प्रवेशका सुरुवाती कदम देखाइएको छ । जसमा उनी भारतीय जनता पार्टी (भाजपा)का विभिन्न महत्त्वपूर्ण ओहदामा अघि बढ्दै पश्चिम भारतीय राज्य गुजरातको मुख्यमन्त्रीमा नियुक्त हुँदासम्मका विकासक्रम देखाइएको छ। उसमा बीबीसीले उक्त वृत्तचित्रले यसअघि सार्वजनिक नभएका प्रतिवेदनहरू प्रस्तुत गरेको छ।

ब्रिटिश विदेश मन्त्रालयबाट बीबीसीले प्राप्त गरेका ती विवरणहरूमा गुजरातको धार्मिक दङ्गामा मोदीको भूमिकाहरूबारे प्रश्न उठाइएको छ।

मोदी पश्चिमी राज्य गुजरातको मुख्यमन्त्री भएको बेला त्यहाँ साम्प्रदायिक दंगा भएको थियो । गुजरातमा हिन्दु तीर्थयात्रीहरू रहेको एउटा रेलमा आगजनी भएको भोलिपल्ट उक्त दङ्गा भड्किँदा दर्जनौँको सङ्ख्यामा मानिसहरू मारिएका थिए। धेरैजसो मुस्लिमहरूसहित १ हजारभन्दा धेरै मानिसहरू मारिएको उक्त दङ्गालाई भारत स्वतन्त्र भएपछिको सबैभन्दा खराब हिंसात्मक घटनाका रूपमा लिने गरिन्छ।

बीबीसीले वृत्तचित्रमा समावेश गरेको उक्त प्रतिवेदनले हिंसा भड्किने गरी ‘दण्डहीनताको माहौल’ बनाउन मोदी प्रत्यक्ष रूपमा जिम्मेवार भएको दाबी गरेको छ। मोदीले हिंसामा आफ्नो जिम्मेवारीबारे लगाइएका आरोपहरू लामो समयदेखि अस्वीकार गर्दै आएका छन्। उनले उक्त दङ्गाका लागि माफी समेत मागेका छैनन्।

सन् २०१३ मा भारतको सर्वोच्च अदालतको एक इजलासले उनीमाथि अभियोजन चलाउन पर्याप्त प्रमाणहरू नरहेको  फैसला गरेको थियो । यो फैसला पनि राजनीतिक प्रभावबाट प्रभावित भएको आरोप लाग्दै आएको छ ।

मोदी नेतृत्वको गुजरात सरकारको नीति र व्यवहारको कारण साम्प्रदायीक दंगा भड्किएको थियो ।

बीबीसी हिन्दीका अनुसार भिडिओको लिंक शेयर गर्ने झण्डै ५० वटा ट्विटर पोस्टहरूलाई पनि हटाउन निर्देशन दिएको छ । मन्त्रालयका सचिव अपूर्व चन्द्रले आइटी नियम २०२१ को उलंघन गरेकोले हटाउन लगाएको बताएको भारतीय संचारमाध्यमहरुले समाचारमा उल्लेख गरेका छन् ।

भारतको विदेश मन्त्रालयले उक्त वृत्तचित्र बनाउनुको बीबीसी उद्देश्यबारे प्रश्न उठाएको छ । बदनाम गराउने उद्देश्यको भाष्यलाई बढाउने गरी डिजाइन गरिएको प्रोपागान्डा सामग्री भएको आरोप भारत सरकारको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal