आज :

अमेरिकाको योजनामा भएको प्रदर्शन नरोकेको भन्दै ब्राजिलका सेना प्रमुख बर्खास्त

  • अनलाइन डबली

काठमाडौं । ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले सेना प्रमुख जनरल जुलियो सेजर डे अरुडालाई बर्खास्त गरेका छन् । ब्राजिलमा वामपन्थी सिल्भाले राष्ट्रपतिमा निर्वाचित भएपछि अमेरिकी योजनामा विरोध प्रदर्शन भएको बताइएको छ ।

पराजितपछि अमेरिका पुगेका पूर्वराष्ट्रपति बोल्सो नारोलाई पुनः फर्काउने योजनाका साथ विरोध प्रदर्शन भएको बताइएको छ । सरकारी अधिकारीहरुले अमेरिकाको सहयोगमा नाराेले समर्थकलाई सडकमा उतारेकाे बताएका छन् ।

अराजक रुपमा सडकमा उत्रेका प्रदर्शनकारीहरुले जनवरी ८ तारिखमा संसद् भवन, राष्ट्रपति भवन तथा सर्वोच्च अदालतसहित सरकारी कार्यालयमा तोडफोड गरेका थिए ।

तोडफोड रोक्न सुरक्षाकर्मीलाई परिचालन र आदेश नदिएपछि भन्दै विरोध भइरहेको बेला राष्ट्रपति सिल्भाले अरुडालाई बर्खास्त गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् ।

डिसेम्बर ३० तारिखमा अरुडाले सेनाको कमाण्ड सम्हालेका  थिए ।

ब्राजिलको सर्वोच्च अदालतले संसद् भवनमाथिको आक्रमणको बारेमा छानबिन गरिरहेको छ ।

ब्राजिलमा गएको अक्टोबरमा भएको राष्ट्रपति चुनावमा वामपन्थी उम्मेदवार लुला दा सिल्भा विजयी भएका थिए । चुनावमा धाँधली भएको भन्दै बोल्सो नारोका समर्थकले प्रदर्शन गर्दै आएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal