आज :

सुर्खेतको झुप्राखोलामा राति गाडी दुर्घटना हुँदा ४ जनाको मृत्यु

  • अनलाइन डबली

काठमाडौं । सुर्खेतको झुप्रा खोलामा गाडी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । छिन्चुबाट वीरर्न्द्रनगरतर्फ आउँदै गरेको बा.प्र.०१०२६च ९२१३ नं.को डबल क्याप हाइलेक्स गाडी राती २ बजे दुर्घटना भएको सुर्खेत प्रहरीले जनाएको छ ।

सुर्खेत प्रहरीका अनुसार दुर्घटनामा परी गाडी चालक वीरेन्द्रनगर- ७ का २७ वर्षीय सागर शाही, दैलेख डुङ्गेश्वर गाउँपालिका-५ का ३३ वर्षीय दीपेन्द्रजंग शाही, दैलेख भगवतीमाई गाउँपालिका-५ का ३१ वर्षीय बबिन शाही र दैलेख गुराँस गाउँपालिका-३ का ३६ वर्षीय राजेन्द्र बि.सीको मृत्यु भएको छ ।

तीनको घटनास्थलमै र एक जनाको उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनास्थलबाट प्रहरीले उद्धार गरी अस्पताल पुर्‍याइएको थियो तर अस्पतालले तीन जनाले मृत घोषणा गरेको थियो ।

दुर्घटनामा परी दैलेख भैरवी गाउँपालिका-५ का वीरेन्द्रराज शाहीको उपचार भइरहेको छ । उनको छातीमा गम्भीर चोट लागेको बताइएको छ ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal