आज :

प्रधानमन्त्री कप महिला टि–२० क्रिकेटकाे उपाधि सुदूरपश्चिमले जित्यो

  • अनलाइन डबली

काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिताको उपाधि सुदूरपश्चिम प्रदेशले जितेको छ । शनिबार इटहरीको जनता मावि क्रिकेट मैदानमा सम्पन्न फाइनलमा घरेलु टोली प्रदेश १ लाई ६ विकेटले हराएको हो ।

प्रदेश १ ले दिएको १०२ रनको चुनौती दिएको थियो तर सुदूरपश्चिमले इनिङ्सको १ बल अगावै पूरा गर्दै उपाधि जित हात पारेको हो । सुदूरपश्चिमलाई जितका लागि अन्तिम ओभरमा ८ रन आवश्यक थियो । प्रदेश १ कि कप्तान रुविना क्षेत्रीलाई अन्तिम ओभरको दोस्रो बलमा कविता कुँवरले छक्का प्रहार गरेपछि सुदूरपश्चिमले जितेको हो ।

सुरुवात राम्रो गनै नसकेको सुदूरपश्चिमको इनिङ्स मध्यक्रमका सम्झना खड्का र डली भट्टले संहालेका थिए । सम्झनाले ३३ बलमा २ चौकासहित अविजित २७ रन बनाउँदा डलीले १६ बलमा १ चौका र २ छक्कासहित विष्फोटक २२ रनको योगदान गरिन् । कविता १९ रनमा अविजित रहिन् ।

बलिङमा सवनम राई, हिरनमई रोय, रुविना क्षेत्री र संगीता राईले १–१ विकेट लिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal