
काठमाडौँ । नेकपा माओवादी केन्द्र र बाबुराम भट्टराईले नेतृत्व गरेको नेपाल समाजवादी पार्टीबीच एकता प्रक्रिया अघि बढेको छ । शनिबार एकताको लागि दुई पार्टीको पहिलो बैठकले तीन बुँदे सहमति गरेको ।
शनिबारको बैठकले एकता चाडै सम्पन्न गर्न आ–आफ्नो पार्टीमा ठोस प्रस्ताव गरी पेस गर्ने तथा दुवै पार्टीको विधान र प्रतिवेदन लगायत दस्ताबेज आदानप्रदान गर्ने सहमति भएको छ ।
त्यसैगरी वार्ता टोलीको अर्को बैठक माघ १० गते बस्ने पनि सहमति पनि भएको छ । गत आम निर्वाचनमा दुई पार्टीले एकै निर्वाचन चिन्हबाट चुनावसमेत लडेका थिए ।