आज :

प्राइम बैंकको २ अर्ब ५० करोड डुब्ने खतरामा, पाँचतारे टाइगर प्यालेसको बदमासी पुष्टी

  • अनलाइन डबली

काठमाडौं । प्राइम कमर्सियल बैंकको २ अर्ब ५० करोड लगानी डुब्ने खतरामा पुगेको छ । बैंकले लगानी गरेको पाँचतारे टाइगर प्यालेस रिसोर्टले बदमासी गरेको पुष्टि भएको छ ।

जिल्ला अदालत रुपन्देहीका न्यायाधीश कृष्णमुरारी शिवाकोटीले उक्त रिसोर्टले सार्वजनिक जग्गा मिचेर संरचना निर्माण गरेको भन्दै खाली गराउन आदेश दिएका छन् । सार्वजनिक जग्गा मिचेर संरचना निर्माण गरेको भन्दै स्थानीयले अदालतमा निवेदन दिएका थिए । उक्त निवेदन उपरमाथि अदालतले अन्तिम आदेश दिएको हो ।

लुम्बिनी नलकुपजल उपभोक्ता संघ रुपन्देहीका अध्यक्ष थानेश्वर घिमिरेले र टेकराज पौडेलले टाइगर प्यालेस सञ्चालक कम्पनी सिल्भर हेरिटेज इन्भेष्टमेन्ट प्रा.लि विरुद्ध मुद्दा दायर गरेका थिए ।

रुपन्देहीको तिलोत्तमामा रहेको उक्त पाँचतारे रिसोर्टले तत्कालीन भैरहवा लुम्बिनी भूमिगत जल (भैलुभुज) परियोजनाको करिब २३ कठ्ठा सार्वजनिक जग्गा, राजकुलो तथा सार्वजनिक कुलो मिचेर संरचना बनाएको निवेदनमा दाबी गरिएको थियो ।

हङकङको कम्पनी सिल्भर हेरिटेज इन्भेष्टमेन्ट प्रालिले तिलोत्तमा नगरपालिकाको कोटिहवामा ५ अर्ब रुपैयाँ लगानीमा सो रिसोर्ट संचालनमा ल्याएको थियो । २०७४ देखी संचालनमा आएको सो रिसोर्ट १५ बिगाह क्षेत्रफलमा फैलिएको छ ।

बिक्रीको प्रक्रियामा रहेको रिसोर्टको सम्पूर्ण सम्पत्ति रोक्का समेत भएको छ । सरकारी जग्गा मिचेर निर्माण गरिएको होटलविरुद्ध परेको पूरक निवेदनमा जिल्ला अदालत रुपन्देहीले होटलको सम्पूर्ण सम्पत्तिसहित सेयर खरिदबिक्री रोक्का गर्न आदेश दिएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal