
काठमाडौं । गृह मन्त्रालयले महोत्तरी १ मा नेकपा एमालेबाट निर्वाचित सांसद लक्ष्मी महतो कोइरीलाई ज्यान मुद्दा आरोपमा पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई ताकेता गरेता पनि कार्यान्वयन नभएको प्रति ध्यान आकर्षण भएको जनाएको छ ।
गृहमन्त्री रवि लामिछानेले सांसद कोइरीलाई कानुनबमोजिम पक्राउ गर्न पटकपटक प्रहरीलाई मौखिक निर्देशन दिएपनि अझै उनलाई पक्राउ नगरिएको भन्दै मन्त्रालयले आफ्नो ध्यानाकर्षण भएको जनाएको हो ।
महोत्तरी जिल्ला गौशाला नगरपालिका २ मा बस्ने कोइरीलाई कारबाही गर्न गृहमन्त्री लामिछानेबाट पटक पटक प्रहरीलाई मौखिक निर्देशन भएपनि हालसम्म पक्राउ नगरिएको प्रति मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाउदै आज विज्ञप्ति जारि गरेरै पत्राचार गरेको छ । “निज प्रतिवादीलाई कानुनबमोजिम पक्राउ गरी तत्काल कारबाही अगाडि बढाउन मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको व्यहोरा अनुरोध छ,” मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जारी गरेको बिज्ञप्तिमा भनिएको छ ।
यसै गरि गृहले सांसद कोइरी बिहीबारको संसद् बैठकमामा उपस्थित नभएको र हाजिर पनि नदेखिएको जनाएको छ । कोइरी माथि मधेस आन्दोलनका क्रममा हत्या गरेको आरोप छ ।