
काठमाडौँ । वैदेशिक रोजगारीको क्रममा एक कम्पनीले बन्धक बनाइएका थप १२ नेपाल नेपाल फर्र्किएका छन् । यसअघि ७ जना नेपाल फर्किएका थिए ।
नेपाली युवाहरु बन्धक बनाइएको समाचार सार्वजनिक भएलगत्तै प्रधानमन्त्री प्रचण्डको विशेष पहल तथा निर्देशनमा उनीहरुको उद्धार गरिएको हो । काम दिने भनेको कम्पनीले युवाहरुलाई कुटपिट गर्दै पुस १७ गतेबाट मलेसियाको केलाङ भन्ने सहरको एक भवनको तेस्रो तलामा बन्धक बनाएको थियो ।
उनीहरु काठमाडौं सानेपाको खोजी रिक्वायरमेन्ट म्यानपावर कम्पनीबाट भदौ २३ गते मलेसियास्थित हङ टिज चिकेन सप्लायर्समा उनीहरू कामका लागि पुगेका थिए । कम्पनीले उनीहरुलाई २० दिनसम्म बन्धक बनाएको थियो ।
बन्धक बनाइएका १९ मध्ये यसअघि ७ जनाको उद्धार भइसकेको गोरखाका विष्णुप्रसाद ढकालले बताए । उनीहरु सबै काठमाडौँमा छन् । काममा पठाउने कम्पनीविरुद्ध उनीहरुले क्षतिपूर्तीको माग गरेका छन् ।