
काठमाडौं । निजी जग्गामा डोजर चलाउने काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)को कदमविरुद्ध पिडित तथा समुदायले महानगरको कार्यालयमा धर्ना दिएका छन् । नेवार जातीको छाता संगठन नेवा : देबूको समर्थनमा समुदाय तथा पिडितले शंखमूल स्थित निजि जज्गामा डोजरलागाइ भत्काएको बिरोधमा आज महानगरपालिकाको कार्याल राष्ट्रिय सभागृहमा ब्यानर सहित धर्ना दिएका हुन् ।
काठमाडौंमहानगर पालिका ३१ वडा स्थित शंखमूलमा बाटो चौडा बनाउने भन्दै बिनासूचना साहेल महर्जनको निजी जग्गामा डोजर चलाइएको थियो ।
महानगरले आफ्नो सम्पत्तिको हक हनन गरेर आतंक फैलाएको , अन्याय गरेको पिडित तथा सडक बिस्तार संघर्ष समिति आवद्द अभियन्ताहरुको भनाइ भनाइ छ ।
काठमाडौँ महानगरपालिकाले आफ्नी क्षेत्राधिकार र एनकानुन भन्दा बाहिर गएर आतंकपूर्ण ढंगबाट निजि सम्पत्तिमाथि हस्तक्षप् गरेको भन्दै उपत्यका सडक बिस्तार सघर्ष समितिले १५ गते दिउँसो २ बजे माइतीघरमा बृहत् आन्दोलन गरिने समितिका संयोजक सुमन सायमीले बताए । “सडक विस्तारका नाममा व्यक्तिगत सम्पत्तिमाथि डोजर चलाइएको छ । त्यसैको विरुद्धको आन्दोलन हो,” संयोजक सायमीले भने ।
https://youtu.be/xzrlcqO4aCw