
काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले यती एयरलाइन्सको जहाज दुर्घटनामा परेर ज्यान गुमाएका यात्रुका परिवारसँग भेट गरेका छन्। बिहीबार विहान महाराजगन्जस्थित टिचिङ अस्पतालमा पुगेर प्रधानमन्त्रीले शव पहिचानको स्थितिबारे जानकारी समेत लिएका छन् ।
अस्पताल परिसरमा रहेका मृतकका परिवारले अहिलेसम्म आफूहरुले शव नपाएको भन्दै गुनासो गरेका थिए । मृतकका परिवारप्रति समवेदना प्रकट गर्दै प्रधानमन्त्री प्रचण्डले शव बुझाउने प्रक्रिया तीव्र बनाउन आफूले निर्देशन जानकारी गराएका थिए ।
साथै प्रधानमन्त्रीले शव पहिचानको काम छिटो सक्न सरकारको तर्फबाट चाहिने सहयोग माग्न पनि अस्पतालका पदाधिकारीलाई आग्रह समेत गरेका छन् । पहिचानका लागि राखिएका शवको निरीक्षण समेत गरेका थिए ।